Trending
वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै     |     मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता     |     मन्त्रिपरिषद्को बैठक: यस्ता छन् निर्णयहरु     |     शिक्षा र स्वास्थ्यमा कर नलगाउने प्रधानमन्त्रीको घोषणा, अर्थमन्त्रीसँग परामर्शपछि निर्णय     |     स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि     |     लोकदोहोरी अवार्ड : उत्कृष्ट पाँच मनोनयन सार्वजनिक     |     धादिङमा आज राति १० बजेदेखि सबै सवारी साधन चलाउन रोक     |     अविरल वर्षाका कारण काठमाडौंका विभिन्न स्थान जलमग्न     |     बागमती नदीमा घट्न थाल्यो पानीको बहाव     |     भोलिदेखि लागू हुँदै सरकारी कर्मचारीको नयाँ तलब     |    
विज्ञान र प्रविधि

डिशहोमको “३६५ दिन बोनस” योजना सार्वजनिक

९ श्रावण २०८२, बिहीबार १७:०९

काठमाडौं। डिशहोम फाइबरनेटले आफ्ना इन्टरनेट ग्राहकहरूका लागि “खुशीको बोनस– ३६५ दिन नै बोनस!” नामक विशेष योजना सार्वजनिक गरेको छ। यो अफर अन्तर्गत वार्षिक इन्टरनेट जडान गर्ने वा रिचार्ज गर्ने ग्राहकहरूले हरेक हप्ता आयोजना हुने लक्की ड्र मा भाग लिन सक्नेछन्।

यस योजनाअनुसार, हरेक हप्ता १४ जना भाग्यशाली विजेता छनोट हुनेछन्, जसमा १० जना नयाँ वार्षिक ग्राहक र ४ जना वर्तमान ग्राहक हुनेछन्। विजेताहरूले ३६५ दिनको इन्टरनेट बोनस पाउने मौका पाउनेछन्।

डिशहोमले यो अफर ग्राहकहरूप्रतिको धन्यभाव र सम्बन्ध प्रगाढ बनाउने उद्देश्यले ल्याएको जनाएको छ। विजेताको घोषणा हरेक शुक्रबार साँझ ५ बजे डिशहोमको अधिकृत फेसबुक पेज र रमाइलो एचडी च्यानलमार्फत गरिनेछ। कुनै कारणले उक्त दिन सम्भव नभएमा आइतबार साँझ ५ बजे विजेताहरू सार्वजनिक गरिनेछन्।

डिशहोमका अनुसार उपलब्ध वार्षिक इन्टरनेट प्याकेजहरूमा १०० एमबीपीएसको मूल्य रू. ८,५००, २०० एमबीपीएसको रू. ११,५०० र ३०० एमबीपीएसको मूल्य रू. १३,५५० (सबै मूल्यहरूमा भ्याट समावेश) तोकिएको छ। नयाँ जडानको लागि अतिरिक्त रू. १,१३० लाग्नेछ।

“३६५ दिन बोनस” योजनाले इन्टरनेट सेवा मात्र होइन, ग्राहक अनुभवलाई समेत समृद्ध बनाउने विश्वास डिशहोमले लिएको छ। कम्पनीले उत्कृष्ट सेवा र उचित मूल्य प्रदान गर्ने प्रतिबद्धता दोहोर्याउँदै ग्राहक-केन्द्रित योजनाको विस्तार गर्दै जाने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्