Trending
चक्रवात ‘अर्नब’का कारण तीन दिन वर्षा र हिमपातको सम्भावना     |     रास्वपासँगको एकता भङ्ग हुनु राजनीतिक अपराध हो: कुलमान घिसिङ     |     काम नगर्ने निर्माण व्यवसायीको ठेक्का तोडियो, ३८ करोड २३ लाख रुपैयाँ दाखिला गर्न पत्राचार     |     चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै हवाई सुरक्षा सतर्कता जारी     |     सुदूरपश्चिम रोयल्सको पहिलो जित, पोखरा एभेन्जर्स ६ विकेटले पराजित     |     वनमन्त्री चौधरीसँग युएन आवासीय संयोजकको भेटवार्ता     |     एनपिएल क्रिकेटमा कर्णाली याक्सको जित     |     एभरेस्ट पेपर मिल्सका १७४ श्रमिकले पाए ६ करोड ३६ लाख भुक्तानी     |     रास्वपाका २० सांसद चीन जाँदै, महामन्त्री आचार्यले नेतृत्व गर्ने     |     त्रिभुवन विमानस्थलबाट १४ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ     |    
विज्ञान र प्रविधि

डिशहोमको “३६५ दिन बोनस” योजना सार्वजनिक

९ श्रावण २०८२, बिहीबार १७:०९

काठमाडौं। डिशहोम फाइबरनेटले आफ्ना इन्टरनेट ग्राहकहरूका लागि “खुशीको बोनस– ३६५ दिन नै बोनस!” नामक विशेष योजना सार्वजनिक गरेको छ। यो अफर अन्तर्गत वार्षिक इन्टरनेट जडान गर्ने वा रिचार्ज गर्ने ग्राहकहरूले हरेक हप्ता आयोजना हुने लक्की ड्र मा भाग लिन सक्नेछन्।

यस योजनाअनुसार, हरेक हप्ता १४ जना भाग्यशाली विजेता छनोट हुनेछन्, जसमा १० जना नयाँ वार्षिक ग्राहक र ४ जना वर्तमान ग्राहक हुनेछन्। विजेताहरूले ३६५ दिनको इन्टरनेट बोनस पाउने मौका पाउनेछन्।

डिशहोमले यो अफर ग्राहकहरूप्रतिको धन्यभाव र सम्बन्ध प्रगाढ बनाउने उद्देश्यले ल्याएको जनाएको छ। विजेताको घोषणा हरेक शुक्रबार साँझ ५ बजे डिशहोमको अधिकृत फेसबुक पेज र रमाइलो एचडी च्यानलमार्फत गरिनेछ। कुनै कारणले उक्त दिन सम्भव नभएमा आइतबार साँझ ५ बजे विजेताहरू सार्वजनिक गरिनेछन्।

डिशहोमका अनुसार उपलब्ध वार्षिक इन्टरनेट प्याकेजहरूमा १०० एमबीपीएसको मूल्य रू. ८,५००, २०० एमबीपीएसको रू. ११,५०० र ३०० एमबीपीएसको मूल्य रू. १३,५५० (सबै मूल्यहरूमा भ्याट समावेश) तोकिएको छ। नयाँ जडानको लागि अतिरिक्त रू. १,१३० लाग्नेछ।

“३६५ दिन बोनस” योजनाले इन्टरनेट सेवा मात्र होइन, ग्राहक अनुभवलाई समेत समृद्ध बनाउने विश्वास डिशहोमले लिएको छ। कम्पनीले उत्कृष्ट सेवा र उचित मूल्य प्रदान गर्ने प्रतिबद्धता दोहोर्याउँदै ग्राहक-केन्द्रित योजनाको विस्तार गर्दै जाने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्