Trending
वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै     |     मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता     |     मन्त्रिपरिषद्को बैठक: यस्ता छन् निर्णयहरु     |     शिक्षा र स्वास्थ्यमा कर नलगाउने प्रधानमन्त्रीको घोषणा, अर्थमन्त्रीसँग परामर्शपछि निर्णय     |     स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि     |     लोकदोहोरी अवार्ड : उत्कृष्ट पाँच मनोनयन सार्वजनिक     |     धादिङमा आज राति १० बजेदेखि सबै सवारी साधन चलाउन रोक     |     अविरल वर्षाका कारण काठमाडौंका विभिन्न स्थान जलमग्न     |     बागमती नदीमा घट्न थाल्यो पानीको बहाव     |     भोलिदेखि लागू हुँदै सरकारी कर्मचारीको नयाँ तलब     |    
विज्ञान र प्रविधि

सीजी मोटर्सको अफर : अब ९.९९ लाख डाउन पेमेन्टमै रिडारा आरडी–६ ईभी पिकअप

११ श्रावण २०८२, शनिबार १४:५०

काठमाडौं। सीजी मोटर्सले चीनको ग्ली अटो ग्रुपसँगको सहकार्यमा विद्युतीय पिकअप ‘रिडारा आरडी–६’ का लागि आकर्षक अफर सार्वजनिक गरेको छ।

अब ग्राहकहरूले केवल ९ लाख ९९ हजार रुपैयाँ डाउन पेमेन्टमा यो अत्याधुनिक ईभी पिकअप आफ्नो बनाउन सक्नेछन्। यो अफरमार्फत सीजी मोटर्सले विद्युतीय सवारीसाधनलाई थप पहुँचयोग्य, भरपर्दो र प्रयोगमैत्री बनाउने उद्देश्यलाई अघि बढाएको छ।

‘रिडारा आरडी–६’ मा २WD सिंगल मोटर जडान गरिएको छ, जसले २०० किलोवाट पावर र ३८५ एनएम टर्क प्रदान गर्छ। ६३ किलोवाटअवर क्षमताको ब्याट्रीले गाडीलाई एकपटक चार्जमा ३७७ किलोमिटर दूरी तय गर्न सक्षम बनाउँछ। नेपाली भौगोलिक बनावटलाई मध्यनजर गर्दै ग्लीको म्याप प्लेटफर्ममा आधारित यस पिकअपमा इनडिपेन्डेन्ट सस्पेन्सन राखिएको छ, जसले यात्रालाई थप सहज र स्थिर बनाउँछ।

गाडीमा १२०० लिटरको कार्गो बेड, ७० लिटरको फ्रन्ट ट्रंक, र ‘भी २ एल’ प्रविधि समेत जडान गरिएको छ, जसले अन्य इलेक्ट्रोनिक उपकरण चार्ज गर्न मिल्ने सुविधा दिन्छ। साथै, यसमा कम्फर्ट, इकनोमी र अफरोड मोडसहित ३ ड्राइभ मोड, ३६० डिग्री क्यामेरा, म्याट्रिक्स एलईडी हेडलाइट र ६६ प्रतिशत हाई स्ट्रेन्थ स्टीलले बनेको मजबुत संरचना उपलब्ध छ।

अफरअन्तर्गत ग्राहकहरूले आकर्षक क्यासब्याक, निःशुल्क एसेसोरी तथा ३ लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस पाउनेछन्। साथै, सीजी मोटर्सले देशभर २६० चार्जिङ स्टेशन र २० वटा सेवा केन्द्रमार्फत बिक्रीपछिको सेवा सुनिश्चित गरिरहेको जनाएको छ।

चीनको अग्रणी अटो ब्रान्ड ग्लीद्वारा उत्पादित ‘रिडारा आरडी–६’ चीनमा ईभी पिकअप सेग्मेन्टको प्रमुख ब्रान्डका रूपमा स्थापित भइसकेको छ। अब नेपालमा पनि यो पिकअप व्यक्तिगत तथा व्यवसायिक प्रयोजनका लागि स्मार्ट, दिगो र भविष्य केन्द्रित विकल्पका रूपमा प्रस्तुत गरिएको छ।

प्रतिक्रिया दिनुहोस्