Trending
चक्रवात ‘अर्नब’का कारण तीन दिन वर्षा र हिमपातको सम्भावना     |     रास्वपासँगको एकता भङ्ग हुनु राजनीतिक अपराध हो: कुलमान घिसिङ     |     काम नगर्ने निर्माण व्यवसायीको ठेक्का तोडियो, ३८ करोड २३ लाख रुपैयाँ दाखिला गर्न पत्राचार     |     चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै हवाई सुरक्षा सतर्कता जारी     |     सुदूरपश्चिम रोयल्सको पहिलो जित, पोखरा एभेन्जर्स ६ विकेटले पराजित     |     वनमन्त्री चौधरीसँग युएन आवासीय संयोजकको भेटवार्ता     |     एनपिएल क्रिकेटमा कर्णाली याक्सको जित     |     एभरेस्ट पेपर मिल्सका १७४ श्रमिकले पाए ६ करोड ३६ लाख भुक्तानी     |     रास्वपाका २० सांसद चीन जाँदै, महामन्त्री आचार्यले नेतृत्व गर्ने     |     त्रिभुवन विमानस्थलबाट १४ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ     |    
विज्ञान र प्रविधि

नेपालको पहिलो ‘म्याथ म्युजियम’ : एम्बार्क अनम्याथको एक परिवर्तनकारी पहल

२१ श्रावण २०८२, मंगलवार १५:५०

काठमाडौं। एम्बार्क अनम्याथले नेपालमा पहिलो पटक स्कुलभित्रै ‘म्याथ म्युजियम’ कार्यक्रम सुरु गरेको छ । यस नयाँ पहलले गणितलाई पाठ्यपुस्तकबाट बाहिर निकालेर व्यावहारिक सिकाइमा लैजाने जनाइएको छ ।

एम्बार्क अनम्याथका अनुसार यो कार्यक्रमले विद्यालयहरूलाई जीवन्त गणित केन्द्रमा परिणत गर्छ जहाँ विद्यार्थीहरूले गणितीय अवधारणालाई छुन, निर्माण गर्न र त्यससँग अन्तर्क्रिया गर्न सक्छन् । यसले जिज्ञासा जगाउँछ र विद्यार्थी नेतृत्वको सिकाइलाई बढावा दिन्छ ।

कार्यक्रमबारे जानकारी दिँदै एम्बार्क अनम्याथका सहसंस्थापक दिवेश बठिजाले भने, ‘हामीले म्याथ म्युजियम मार्फत गणित भनेको पानामा लेखिएका संख्यामात्र नभई यो आकार, कथा र सम्भावनाबारे हो भनेर देखाउन चाहन्छौं । जब विद्यार्थीहरूले यस विषयलाई बुझेर अन्वेषण गर्न सक्छन्, तब उनीहरूले जताततै गणित देख्न थाल्छन् । हाम्रो विश्वास छ कि यो कार्यक्रमले विद्यार्थीहरूको सिकाइसँगको सम्बन्धलाई नै बदल्ने छ ।’

यो कार्यक्रमले विद्यार्थीहरूलाई गणितसँग राम्रो सम्बन्ध बनाउन मद्दत गर्छ । साथै, शिक्षकहरूलाई नयाँ र उपयोगी सिकाउने तरिका पनि दिने एम्बार्क अनम्याथको भनाइ छ ।

यसमा सहभागी विद्यालयहरूको पनि महत्त्वपूर्ण भूमिका रहेको छ, जसमार्फत एम्बार्क अनम्याथसँग मिलेर प्रतिभाशाली विद्यार्थीहरूको क्षमता देख्न सकिन्छ र सामुदायिक कार्यक्रमहरू आयोजना गरी अन्तर्क्रियात्मक प्रदर्शनीका लागि छुट्टै ठाउँ दिन्छन् ।

यो कार्यक्रम सकिएपछि पनि एम्बार्क अनम्याथले निरन्तर सहयोग गर्ने जनाएको छ । म्याथ म्युसियम जस्ता कार्यक्रमलाई विद्यालयको सिकाइको स्थायी हिस्सा बनाइ हरेक विद्यार्थीमा गणितप्रतिको आजीवन माया जगाउने वातावरण सिर्जना गर्ने एम्बार्क अनम्याथले आशा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्