Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
विज्ञान र प्रविधि

नेपालको पहिलो ‘म्याथ म्युजियम’ : एम्बार्क अनम्याथको एक परिवर्तनकारी पहल

२१ श्रावण २०८२, मंगलवार १५:५०

काठमाडौं। एम्बार्क अनम्याथले नेपालमा पहिलो पटक स्कुलभित्रै ‘म्याथ म्युजियम’ कार्यक्रम सुरु गरेको छ । यस नयाँ पहलले गणितलाई पाठ्यपुस्तकबाट बाहिर निकालेर व्यावहारिक सिकाइमा लैजाने जनाइएको छ ।

एम्बार्क अनम्याथका अनुसार यो कार्यक्रमले विद्यालयहरूलाई जीवन्त गणित केन्द्रमा परिणत गर्छ जहाँ विद्यार्थीहरूले गणितीय अवधारणालाई छुन, निर्माण गर्न र त्यससँग अन्तर्क्रिया गर्न सक्छन् । यसले जिज्ञासा जगाउँछ र विद्यार्थी नेतृत्वको सिकाइलाई बढावा दिन्छ ।

कार्यक्रमबारे जानकारी दिँदै एम्बार्क अनम्याथका सहसंस्थापक दिवेश बठिजाले भने, ‘हामीले म्याथ म्युजियम मार्फत गणित भनेको पानामा लेखिएका संख्यामात्र नभई यो आकार, कथा र सम्भावनाबारे हो भनेर देखाउन चाहन्छौं । जब विद्यार्थीहरूले यस विषयलाई बुझेर अन्वेषण गर्न सक्छन्, तब उनीहरूले जताततै गणित देख्न थाल्छन् । हाम्रो विश्वास छ कि यो कार्यक्रमले विद्यार्थीहरूको सिकाइसँगको सम्बन्धलाई नै बदल्ने छ ।’

यो कार्यक्रमले विद्यार्थीहरूलाई गणितसँग राम्रो सम्बन्ध बनाउन मद्दत गर्छ । साथै, शिक्षकहरूलाई नयाँ र उपयोगी सिकाउने तरिका पनि दिने एम्बार्क अनम्याथको भनाइ छ ।

यसमा सहभागी विद्यालयहरूको पनि महत्त्वपूर्ण भूमिका रहेको छ, जसमार्फत एम्बार्क अनम्याथसँग मिलेर प्रतिभाशाली विद्यार्थीहरूको क्षमता देख्न सकिन्छ र सामुदायिक कार्यक्रमहरू आयोजना गरी अन्तर्क्रियात्मक प्रदर्शनीका लागि छुट्टै ठाउँ दिन्छन् ।

यो कार्यक्रम सकिएपछि पनि एम्बार्क अनम्याथले निरन्तर सहयोग गर्ने जनाएको छ । म्याथ म्युसियम जस्ता कार्यक्रमलाई विद्यालयको सिकाइको स्थायी हिस्सा बनाइ हरेक विद्यार्थीमा गणितप्रतिको आजीवन माया जगाउने वातावरण सिर्जना गर्ने एम्बार्क अनम्याथले आशा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्