Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
विज्ञान र प्रविधि

सामसङ ‘ग्यालेक्सी वाच८’ सिरिज : अल्ट्रा कम्फर्ट र व्यक्तिगत स्वास्थ्यको मेल

२२ श्रावण २०८२, बुधबार १६:२१

काठमाडौं। सामसङले नेपालमा आफ्नो नयाँ पुस्ताको स्मार्टवाच ‘ग्यालेक्सी वाच८’ सिरिज सार्वजनिक गरेको छ ।

यो सिरिजले दैनिक जीवनमा सहज प्रयोग, उन्नत स्वास्थ्य निगरानी र स्मार्ट कनेक्टिभिटीलाई एउटै घडीमा जोडेको छ । दिनभरि लगाउन मिल्ने र दैनिक स्वास्थ्यमा साथ दिने हिसाबले डिजाइन गरिएको यो वाच सिरिजले स्मार्ट वेरेबल प्रविधिमा नयाँ आयाम थपेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार ग्यालेक्सी वाच८ अझ पातलो डिजाइन, ब्राइट स्क्रिन र प्रिसाइस स्वास्थ्य ट्र्याकिङका लागि अपग्रेड गरिएको बायोएक्टिभ सेन्सर सहित जडित छ ।

यसले सुत्ने समयको सल्लाह दिने सुविधा ल्याएको छ, जसले प्रयोगकर्तालाई सर्केदियन रिदम विश्लेषण गरेर ताजगीको साथ उठ्न सक्छन् ।यसमा रहेको रनिङ कोचले प्रयोगकर्ताको दौडने अभ्यासमा वास्तविक समयमा सुझाव दिई प्रदर्शन सुधार गर्न सहयोग गर्छ ।

साथै, करोडेनोइड लेभल छिटो जाँच्न सकिने भएकाले स्वस्थ जीवनशैली र उमेरसँग सम्बन्धित निर्णय सजिलै लिन सकिन्छ । अब जेमिनी एआईको सहायतामा ग्राहकले वाचलाई भ्वाइस कमान्ड दिएर नियन्त्रण गर्न सक्छन् ।

सामसङ हेल्थ जस्ता एपबाट अपडेट पाउने, मेसेज पठाउने वा व्यायाम सुरु गर्ने जस्ता सबै काम स्वाभाविक आवाज आदेश मार्फत, हात नचलाइ नै गर्न सकिन्छ । ग्यालेक्सी वाच८ले अबको स्मार्ट वाच अनुभवलाई अझ व्यक्तिगत, सहज र स्वास्थ्यकेन्द्रित बनाएको छ ।

ग्यालेक्सी वाच८ सिरिज आफ्नो सुलभ र आकर्षक डिजाइन मार्फत आफ्नो उत्कृष्ट पहिचान बनाउँछ । पहिलेभन्दा झनै पातलो, हलुका र हातमा सहज लाग्ने बनावटले यसलाई लामो समयसम्म लगाउन उपयुक्त बनाएको छ ।

यसमा प्रयोग गरिएको मेटल फ्रेम र स्किनलाई नच्याप्ने ब्यान्डले आरामदायक अनुभव दिन्छ । यो वाचको मिनिमलिस्ट शैली व्यायामदेखि अफिस मिटिङसम्मका सबै पहिरनमा सुहाउँछ । यो स्टाइलिस मात्रै होइन, हातमा लगाउँदा झर्को पनि लाग्दैन, एकदमै सहज लाग्छ ।

प्रतिक्रिया दिनुहोस्