Trending
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो     |     आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी     |     विदेशी मुद्राको सञ्चिति ४० खर्ब नाघ्यो     |     भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो     |     राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन     |     किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा     |     बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह     |     बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार     |     दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट     |     विश्वकप लिग-२ः क्यानडाविरुद्ध नेपालको जित     |    
Uncategorized

मुसिकोटमा मापदण्डविपरीतका संरचना हटाउन सुरु

१० भाद्र २०८२, मंगलवार १९:४१

रुकुम पश्चिम। मुसिकोट नगरपालिकाले मुख्य बजार क्षेत्रमा सडक मिचेर निर्माण भएका अस्थायी संरचना हटाउन थालेको छ ।

नगरपालिकाले सल्ले, खलंगा र सेरिगाउँ बजार क्षेत्रका मूल सडक छेउमा बनेका टहरा तथा अस्थायी संरचना भत्काउन अभियान अघि बढाएको हो ।

गत जेठ २१ गते नगर कार्यपालिकाको बैठकले नगरप्रमुख, उपप्रमुख र वडा नं. १२ का अध्यक्ष सदस्य रहेको समिति बनाएर स्थानीय प्रशासनसँग समन्वय गर्दै संरचना हटाउने निर्णय गरेको थियो ।

सोही निर्णयअनुसार साउन पहिलो साता सार्वजनिक सूचना जारी गर्दै एक महिनाभित्र आफैं हटाउन निर्देशन दिइएको थियो । तर समयसीमा भित्रै हटाइने चेतावनी दिएपछि स्थानीयले आफ्नै पहलमा संरचना हटाउन थालेका छन् ।

हाललाई सडकको केन्द्रबाट ५ मिटर दायाँ–बायाँ रहेका अस्थायी संरचना हटाइँदैछ । तर स्थानीयले भने समान मापदण्ड नअपनाइएको गुनासो गरेका छन् । व्यावसायी भीमबहादुर पुनले भने, “हामीले त टहरा हटायौं, तर पक्की घरहरुले पनि बाटो मिचेका छन् । उनीहरुको के हुन्छ ? कानुन त सबैलाई बराबर हुनुपर्छ ।”

नगरपालिकाले भने यो केवल सुरुवात भएको बताउँदै छिट्टै मापदण्डभन्दा बाहिर रहेका पक्की संरचना पनि हटाइने स्पष्ट पारेको छ । नगर प्रमुख महेन्द्र केसीले, “यो सजिलो काम होइन, तर नगरी नहुने हो । अस्थायी मात्र होइन, स्थायी संरचनासमेत क्रमशः हटाइन्छ,” भनेर प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्