Trending
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो     |     आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी     |     विदेशी मुद्राको सञ्चिति ४० खर्ब नाघ्यो     |     भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो     |     राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन     |     किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा     |     बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह     |     बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार     |     दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट     |     विश्वकप लिग-२ः क्यानडाविरुद्ध नेपालको जित     |    
Uncategorized

राप्ती राजमार्गमा अवरुद्ध पहिरो हटाइयो, यातायात सञ्चालनमा

१३ भाद्र २०८२, शुक्रबार २२:०७

सल्यान। कपुरकोट गाउँपालिका-३ चोरखोला नजिकै खसेको पहिरोका कारण रोकिएको राप्ती राजमार्ग पुनः खुला भएको छ। डोजर प्रयोग गरी पहिरो हटाइएपछि सडकमा यातायात सञ्चालनमा आएको हो।

पहिरो खस्दा शुक्रबार विहान ११ बजेदेखि राजमार्ग अवरुद्ध भएको थियो। सडक खुलिसकेपछि रोकिएका यात्रुवाहक सवारी साधनहरूले आफ्नो गन्तव्यतर्फ यात्रा सुरु गरेका छन्।

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतका अनुसार, चोरखोलामा बाँसबारी घुम्ती नजिक खसेको पहिरो डोजरले हटाएपछि करिब एक घण्टापछि राजमार्ग पूर्णरूपमा खुला भएको हो।

प्रतिक्रिया दिनुहोस्