Trending
भारतलाई हराउँदै एकदिवसीय शृंखला न्युजिल्यान्डले जित्यो     |     राष्ट्रिय लिग फुटबलमा आज ३ खेल हुँदै     |     सेनेगललाई लगातार दोस्रो पटक अफ्रिका कप अफ नेसन्सको उपाधि     |     ८९ लाख १७ हजार मतपत्र छपाई सम्पन्न     |     माघ शुक्ल प्रतिपदा: हर्षोल्लासपूर्वक मनाइँदै सोनाम ल्होसार     |     विश्वकप ग्लोबल क्वालिफार्यसमा आयरल्यान्डको विजयी सुरुवात     |     ‘आमा म त खरानीबाट उठेर आएँ’ गीत सार्वजनिक     |     चालु आवमा ८५ आयोजनाको बजेट सुरक्षितः दुई दर्जन योजना अलपत्र     |     निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता     |     पुस्तकालय निर्माणका लागि ‘घाटगाउँ’ पुस्तक विमोचन     |    
Uncategorized

राप्ती राजमार्गमा अवरुद्ध पहिरो हटाइयो, यातायात सञ्चालनमा

१३ भाद्र २०८२, शुक्रबार २२:०७

सल्यान। कपुरकोट गाउँपालिका-३ चोरखोला नजिकै खसेको पहिरोका कारण रोकिएको राप्ती राजमार्ग पुनः खुला भएको छ। डोजर प्रयोग गरी पहिरो हटाइएपछि सडकमा यातायात सञ्चालनमा आएको हो।

पहिरो खस्दा शुक्रबार विहान ११ बजेदेखि राजमार्ग अवरुद्ध भएको थियो। सडक खुलिसकेपछि रोकिएका यात्रुवाहक सवारी साधनहरूले आफ्नो गन्तव्यतर्फ यात्रा सुरु गरेका छन्।

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतका अनुसार, चोरखोलामा बाँसबारी घुम्ती नजिक खसेको पहिरो डोजरले हटाएपछि करिब एक घण्टापछि राजमार्ग पूर्णरूपमा खुला भएको हो।

प्रतिक्रिया दिनुहोस्