Trending
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     दक्षिण कोरियाली उम हङ गिल फाउन्डेसनले नेपालका बाढीपीडितलाई सहयोग गर्ने     |     सुरक्षाकर्मीको त्याग र साहसप्रति सरकारको उच्च सम्मान: प्रधानमन्त्री शाह     |     एसिसी प्रिमियर मेन्स कपमा नेपालको लगातार तेस्रो जित, सेमिफाइनल प्रवेश     |     न्युजिल्यान्ड‘ए’सँग नेपाल ‘ए’ पराजित     |     पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द     |     पीपी प्रसाई उत्कृष्ट शिक्षक पुरस्कार–२०८३ तथा पर्यटन लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान     |     त्रिशूली–३ बी सुरुङ: ४२६ मिटर भित्र पुगे उद्धारकर्मी     |     भदौ २२ र २३ गते राहदानी विभागका सेवा नियमित सञ्चालन हुने     |     कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग     |    
शिक्षा

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिस्ट्रारमा लक्ष्मीचन्द्र महत नियुक्त

१९ भाद्र २०८२, बिहीबार २१:३४

सुर्खेत। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला शिक्षण अस्पतालमा लक्ष्मीचन्द्र महतलाई नयाँ रजिस्ट्रारको रुपमा नियुक्त गरिएको छ।

प्रतिष्ठानका उपकुलपति डा. पुजनकुमार रोकायाको सिफारिसअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले महतलाई जिम्मेवारी प्रदान गरेका हुन्।

यसअघि रजिस्ट्रार नृपेन्द्र महतको कार्यकाल असार ३ गते सकिएको थियो। करिब दुई महिनापछि प्रतिष्ठानले नयाँ रजिस्ट्रार पाएको हो।नवनियुक्त महत चन्दननाथ–१०, बोहोरो गाउँका निवासी हुन् र उनी हाल विद्यावारिधि तहको शोधकार्यमा संलग्न छन्।

प्रतिक्रिया दिनुहोस्