Trending
चलचित्र ‘शिवांश’मा कैलाश खेरको स्वरमा ‘शिव ताण्डव’ गीत     |     सेन्सर बोर्डले गर्यो ‘आ बाट आमा’ को तारिफ     |     साफ महिला यू- १९ च्याम्पियनसिपको तयारी पूरा     |     रेशम चौधरी उम्मेदवार बन्न नपाउने     |     एलिना र जिकेको स्वरमा ‘इन्दिरा’ सार्वजनिक     |     शीर्ष स्थानको आर्सनल म्यानचेस्टर युनाइटेडसँग पराजित     |     महिला टी-२० विश्वकप छनोट : जित्नैपर्ने दबाबका साथ स्कटल्यान्डको सामना गर्दै नेपाल     |     क्रिस्टल प्यालेसमाथि चेल्सीको शानदार जित     |     रियलको रोमाञ्चक जित     |     किराँत मिथमा आधारित नाटक ‘ए थिबेउ’ शिल्पी थिएटरमा     |    
बैंक वित्तीय

सरकारले सबै सामर्थ्य लगाएर परिस्थितिको सामना गर्छ : अर्थमन्त्री पौडेल

१३ आश्विन २०८१, आईतवार ०७:११

१३ असोज, काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल चीनबाट आज दिउँसो स्वदेश फर्किने भएका छन्।

अर्थमन्त्री पौडेलले भिषण बाढी र पहिरोले जनधनमा ठूलो क्षति पुर्याएकोमा दु:ख व्यक्त गर्दै सरकारले सबै सामर्थ्य लगाएर उत्पन्न विषम परिस्थितिको सामना गर्ने बताए। उनले अहिलेको परिस्थितिलाई सबै एकजुट भइ सामना गर्ने बताउँदै आ-आफ्नो ठाउँबाट सहयोग गर्न र धैर्य रहन सबैलाई आग्रह गरेका छन्।

अहिलेको अवस्थालाई ध्यानमा राख्दै अर्थमन्त्री पौडेल एयरपोर्टबाट सिधै अर्थ मन्त्रालय पुगी छलफलमा जुटेका छन् । अर्थमन्त्री पौडेल चीनका उपप्रधानमन्त्री हि लिफेङको निमन्त्रणामा असोज ७ गते चीन गएका थिए ।

प्रतिक्रिया दिनुहोस्