Trending
दुर्गा प्रसाईंले दर्ता गराए नेपाल पथ पार्टी     |     बूढानिलकण्ठबाट २१ किलो सुन बरामद     |     झलनाथ खनालले भने- मेरो घर जलाए तर विचार जलाउन सकेनन्     |     कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहानदेखि     |     स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणको काम सुरु     |     ‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा     |     तीन अध्यादेश ल्याउने सरकारको तयारी, राष्ट्रपतिसमक्ष सिफारिस     |     कांग्रेसमा गुट सकियो, अब कुनै समूह छैनः सभापति थापा     |     प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो     |     नेपालद्वारा ओमान ‘ए’ पराजित     |    
समाचार

दुर्गा प्रसाईंले दर्ता गराए नेपाल पथ पार्टी

२२ आश्विन २०८३, बिहीबार २१:२०

काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ दर्ता भएको छ।

निर्वाचन आयोगले बिहीबार प्रसाईंलाई दल दर्ताको प्रमाणपत्र प्रदान गरेको हो। आयोगमा यो दल २२५ नम्बरमा दर्ता भएको छ।

प्रसाईंले आगामी मंसिर ७ गते पार्टीको औपचारिक घोषणा गर्ने जानकारी दिएका छन्। सोही दिन झापाको दमकमा घोषणासभा आयोजना गर्ने तयारी भइरहेको उनले बताए।

यसअघि प्रसाईंले डा. धवलशम्शेर राणासँग मिलेर नयाँ दल खोल्ने तयारी गरेका थिए। यद्यपि, दुवैबीच सहमति हुन नसकेपछि राणाले छुट्टै ‘जय नेपाल पार्टी’ दर्ता गराएका थिए। राणासँगको सहकार्य नमिलेपछि प्रसाईंले अहिले आफ्नै नेतृत्वमा नेपाल पथ पार्टी दर्ता गराएका हुन्।

प्रतिक्रिया दिनुहोस्