Trending
दुर्गा प्रसाईंले दर्ता गराए नेपाल पथ पार्टी     |     बूढानिलकण्ठबाट २१ किलो सुन बरामद     |     झलनाथ खनालले भने- मेरो घर जलाए तर विचार जलाउन सकेनन्     |     कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहानदेखि     |     स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणको काम सुरु     |     ‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा     |     तीन अध्यादेश ल्याउने सरकारको तयारी, राष्ट्रपतिसमक्ष सिफारिस     |     कांग्रेसमा गुट सकियो, अब कुनै समूह छैनः सभापति थापा     |     प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो     |     नेपालद्वारा ओमान ‘ए’ पराजित     |    
समाचार

झलनाथ खनालले भने- मेरो घर जलाए तर विचार जलाउन सकेनन्

२२ आश्विन २०८३, बिहीबार २१:१२

काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेकपाका नेता झलनाथ खनालले गत वर्ष भदौ २४ गते आफ्नो निवासमा भएको आक्रमण र आगजनीलाई कायरताको पराकाष्ठा भनेका छन्।

नागरिक दैनिकको डिजिटल संवाद कार्यक्रममा सम्पादक बालकृष्ण अधिकारीसँग कुरा गर्दै खनालले अपराधीहरूले भौतिक संरचना ध्वस्त पारे पनि आफ्नो विचार र समाजवादप्रतिको निष्ठालाई जलाउन नसक्ने बताए।

आगजनीमा आफ्नो जीवनभरको सम्पत्ति र अमूल्य बौद्धिक धरोहर गुमेको उनले बताए। खनालका अनुसार उक्त घरमा उनले विश्वका सयभन्दा बढी मुलुक भ्रमण गर्दा संकलन गरेका १३ दराज दुर्लभ पुस्तक र कम्युनिस्ट आन्दोलनका ऐतिहासिक दस्तावेजहरू थिए।

यसका साथै उनले जीवनभर लेखेका १५ देखि २० वटा अप्रकाशित पाण्डुलिपिहरू समेत आगोमा जलेर नष्ट भएका छन्। उनले आफ्नो घर पत्नी रविलक्ष्मी चित्रकारको चार दशकको मेहनतको कमाइ भएको उल्लेख गरे।

आक्रमणमा गम्भीर घाइते भएकी चित्रकार संयोगले बाँच्न सफल भएको र हाल उनको स्वास्थ्यमा सुधार आएको खनालले जानकारी दिए। ‘मेरी म्याडमको मनोबल मेरोभन्दा पनि दह्रो छ। त्यही मनोबलले उहाँलाई बचायो,’ उनले भने।

खनालले आफूले भ्रष्टाचार नगरेको दाबी गर्दै राजनीतिक प्रतिशोधका कारण निर्दोष परिवारमाथि हमला गरिएको आरोप लगाए। ‘कसैको इसारा र प्रायोजनमा आएका त्यस्ता तत्वहरूले मेरो घर जलाए, मेरी श्रीमतीको अङ्ग जलाए, तर उनीहरूले हाम्रो अठोटलाई भने डढाउन सकेनन्,’ उनले भने।

खनालले आफू वैज्ञानिक समाजवादको स्थापनामा समर्पित रहेको बताउँदै नेपाली विशेषताको समाजवाद निर्माण गर्ने आफ्नो यात्रा नरोकिने दृढता व्यक्त गरे। ‘ईँटा र काठको घर जलाउन सकिएला, तर हाम्रो लक्ष्य र भविष्य जलाउन सकिँदैन,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्