Trending
दुर्गा प्रसाईंले दर्ता गराए नेपाल पथ पार्टी     |     बूढानिलकण्ठबाट २१ किलो सुन बरामद     |     झलनाथ खनालले भने- मेरो घर जलाए तर विचार जलाउन सकेनन्     |     कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहानदेखि     |     स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणको काम सुरु     |     ‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा     |     तीन अध्यादेश ल्याउने सरकारको तयारी, राष्ट्रपतिसमक्ष सिफारिस     |     कांग्रेसमा गुट सकियो, अब कुनै समूह छैनः सभापति थापा     |     प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो     |     नेपालद्वारा ओमान ‘ए’ पराजित     |    
समाचार

बूढानिलकण्ठबाट २१ किलो सुन बरामद

२२ आश्विन २०८३, बिहीबार २१:१७

काठमाडौं। काठमाडौंको बूढानीलकण्ठबाट प्रहरीले २१ किलो सुन बरामद गरेको छ।

अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले बिहीबार साँझ बूढानीलकण्ठबाट उक्त परिमाणको सुन बरामद गरेको हो।

प्रहरीका अनुसार सुनसहित केही व्यक्तिलाई समेत पक्राउ गरिएको छ। पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको छ।

बरामद सुन कसको हो भन्नेबारे भने प्रहरीले हालसम्म केही खुलाएको छैन। पक्राउ परेकाहरूसँग सोधपुछ गरी सुनको स्रोत र मालिकसम्म पुग्ने प्रयास भइरहेको एक प्रहरी अधिकारीले जानकारी दिए।

प्रहरीले पक्राउ परेकाहरूलाई पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्