Trending
पूर्वी युक्रेनमा भएको रूसी ड्रोन आक्रमणमा चार जनाको मृत्यु     |     एपीएफ, आर्मी र न्यु डायमन्डको विजयी सुरुआत     |     डा. बाबुराम भट्टराईले लिए उम्मेदवारी फिर्ता     |     सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे     |     रेशम चौधरीको उम्मेदवारी खारेज     |     गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक     |     बीपीएल : सन्दीप लामिछानेको टिम फाइनलमा     |     एन्फा राष्ट्रिय पुरुष लिग : एपीएफको चर्च ब्वाइजमाथि सहज जित     |     नेपाल नेदरल्याण्ड्ससँग पराजित     |     सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ?     |    
बैंक वित्तीय

मदिरा, बियर र सुर्ती चुरोटमा फेरि बढ्यो कर

१७ जेष्ठ २०८१, बिहीबार १४:३५

सरकारले यो वर्ष पनि धुम्रपान तथा मध्यपान पदार्थमा कर बढाएको छ।

अर्थमन्त्री वर्षमान पुनले गरेको बजेट भाषणमा कर बढ्ने उल्लेख गरिएको हो ।

जसअन्तर्गत मदिरा, बियर, सुर्तीमा अन्तस्शुल्क बढाइएको छ। त्यस्तै चुरोटमा लगाइएको अन्तस्शुल्क दरमा वृद्धि गरिएको उल्लेख छ।

बियरमा हाल १ लिटर बराबर २३५ रूपैयाँ अन्तस्शुल्क लाग्दै आएकोमा २४० रूपैयाँ पुर्‍याइएको छ।

बियर बाहेकको अल्कोहलमा हाल ४४४ रूपैयाँ अन्तस्शुल्क लागेकोमा ४६० पुर्‍याइएको छ। चुरोटको अन्तस्शुल्क ४ प्रतिशत बढाइएको छ।
सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस्