Trending
बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह     |     बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार     |     दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट     |     विश्वकप लिग-२ः क्यानडाविरुद्ध नेपालको जित     |     प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो     |     राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडद्वारा ओजोनयुक्त पानीले धोएका फलफूल तथा तरकारीको महत्त्वबारे स्वास्थ्य तथा जनचेतनामूलक…     |     दुर्गा प्रसाईंले दर्ता गराए नेपाल पथ पार्टी     |     बूढानिलकण्ठबाट २१ किलो सुन बरामद     |     झलनाथ खनालले भने- मेरो घर जलाए तर विचार जलाउन सकेनन्     |     कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहानदेखि     |    
बैंक वित्तीय

मदिरा, बियर र सुर्ती चुरोटमा फेरि बढ्यो कर

१७ जेष्ठ २०८१, बिहीबार १४:३५

सरकारले यो वर्ष पनि धुम्रपान तथा मध्यपान पदार्थमा कर बढाएको छ।

अर्थमन्त्री वर्षमान पुनले गरेको बजेट भाषणमा कर बढ्ने उल्लेख गरिएको हो ।

जसअन्तर्गत मदिरा, बियर, सुर्तीमा अन्तस्शुल्क बढाइएको छ। त्यस्तै चुरोटमा लगाइएको अन्तस्शुल्क दरमा वृद्धि गरिएको उल्लेख छ।

बियरमा हाल १ लिटर बराबर २३५ रूपैयाँ अन्तस्शुल्क लाग्दै आएकोमा २४० रूपैयाँ पुर्‍याइएको छ।

बियर बाहेकको अल्कोहलमा हाल ४४४ रूपैयाँ अन्तस्शुल्क लागेकोमा ४६० पुर्‍याइएको छ। चुरोटको अन्तस्शुल्क ४ प्रतिशत बढाइएको छ।
सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस्