Trending
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो     |     आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी     |     विदेशी मुद्राको सञ्चिति ४० खर्ब नाघ्यो     |     भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो     |     राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन     |     किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा     |     बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह     |     बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार     |     दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट     |     विश्वकप लिग-२ः क्यानडाविरुद्ध नेपालको जित     |    
कला र मनोरन्जन

फूलपातीमा ‘छक्का पञ्जा ५’, प्रदर्शन हुँदै

१७ जेष्ठ २०८१, बिहीबार १४:३७

सफल फ्रेन्चाइज ‘छक्का पञ्जा’को अब पाँचौं श्रृंखला निर्माण हुने भएको छ । बिहीबार फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै आगामी दशैंको फूलपाती अर्थात् असोज २४ गतेलाई फिल्मको प्रदर्शन मिति समेत घोषणा गरिएको छ । बिहीबारबाट छायांकन सुरु हुन लागेको फिल्मलाई दीपाश्री निरौलाको निर्देशन गर्ने भएकी छन् । ‘छक्का पञ्जा ४’लाई भने हेमराज विसीले निर्देशन गरेका थिए ।

यसपटक ‘छक्का पञ्जा’ फ्रेन्चाइजमा अभिनेत्री वर्षा सिवाकोटीको प्रवेश भएको छ । सार्वजनिक पोस्टरमा उनी सिंहासनमा बसेकी छन् । उनको पहिरनले नवविवाहित दुलहीको संकेत गर्छ । उनको छेवैमा दीपकराज गिरी कोर्ट-पाइन्टमा ठाटिएर देखिएका छन् । केदार घिमिरे (माग्ने बुढा) अनुचर (सेवक)को भूमिकामा छन् । उनी वर्षालाई राजकीय शैलीको छाता ओढाइहेको अवस्थामा चित्रित छन् ।

आमा सरस्वती मुभिज र आईएमआईको प्रस्तुतिमा बन्न लागेको फिल्मको बिहीबार बिहान भक्तपुरस्थित सूर्यविनायक मन्दिरमा मुहूर्त गरिएको छ । अब छायांकनका लागि फिल्मको टिम काभ्रेको पाँचखाल प्रस्थान गर्नेछ । काभ्रेपछि पोखरामा छायांकन हुनेछ । फिल्मको छायांकन सेड्युल ४५ दिनको राखिएको छ । फिल्मले यसपटक सामाजिक विषय उठाउन लागेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्