Trending
पूर्वी युक्रेनमा भएको रूसी ड्रोन आक्रमणमा चार जनाको मृत्यु     |     एपीएफ, आर्मी र न्यु डायमन्डको विजयी सुरुआत     |     डा. बाबुराम भट्टराईले लिए उम्मेदवारी फिर्ता     |     सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे     |     रेशम चौधरीको उम्मेदवारी खारेज     |     गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक     |     बीपीएल : सन्दीप लामिछानेको टिम फाइनलमा     |     एन्फा राष्ट्रिय पुरुष लिग : एपीएफको चर्च ब्वाइजमाथि सहज जित     |     नेपाल नेदरल्याण्ड्ससँग पराजित     |     सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ?     |    
कला र मनोरन्जन

फूलपातीमा ‘छक्का पञ्जा ५’, प्रदर्शन हुँदै

१७ जेष्ठ २०८१, बिहीबार १४:३७

सफल फ्रेन्चाइज ‘छक्का पञ्जा’को अब पाँचौं श्रृंखला निर्माण हुने भएको छ । बिहीबार फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै आगामी दशैंको फूलपाती अर्थात् असोज २४ गतेलाई फिल्मको प्रदर्शन मिति समेत घोषणा गरिएको छ । बिहीबारबाट छायांकन सुरु हुन लागेको फिल्मलाई दीपाश्री निरौलाको निर्देशन गर्ने भएकी छन् । ‘छक्का पञ्जा ४’लाई भने हेमराज विसीले निर्देशन गरेका थिए ।

यसपटक ‘छक्का पञ्जा’ फ्रेन्चाइजमा अभिनेत्री वर्षा सिवाकोटीको प्रवेश भएको छ । सार्वजनिक पोस्टरमा उनी सिंहासनमा बसेकी छन् । उनको पहिरनले नवविवाहित दुलहीको संकेत गर्छ । उनको छेवैमा दीपकराज गिरी कोर्ट-पाइन्टमा ठाटिएर देखिएका छन् । केदार घिमिरे (माग्ने बुढा) अनुचर (सेवक)को भूमिकामा छन् । उनी वर्षालाई राजकीय शैलीको छाता ओढाइहेको अवस्थामा चित्रित छन् ।

आमा सरस्वती मुभिज र आईएमआईको प्रस्तुतिमा बन्न लागेको फिल्मको बिहीबार बिहान भक्तपुरस्थित सूर्यविनायक मन्दिरमा मुहूर्त गरिएको छ । अब छायांकनका लागि फिल्मको टिम काभ्रेको पाँचखाल प्रस्थान गर्नेछ । काभ्रेपछि पोखरामा छायांकन हुनेछ । फिल्मको छायांकन सेड्युल ४५ दिनको राखिएको छ । फिल्मले यसपटक सामाजिक विषय उठाउन लागेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्