Trending
बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |    
खेलकुद

बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने

२ आश्विन २०८३, शुक्रबार १९:०९

काठमाडौँ। बङ्गलादेशका क्रिकेट खेलाडी अकबर अलीले नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करण कर्णाली याक्सबाट खेल्ने भएका छन् ।

कर्णाली याक्सले आज सामाजिक सञ्जालमार्फत उनलाई टोलीमा अनुबन्ध गरेको जानकारी दिएको हो ।

चौबीस वर्षीय अली सन् २०२० मा बङ्गलादेशले पहिलोपटक जितेको आइसिसी यु–१९ विश्वकप विजेता टोलीका कप्तान हुन् ।

दक्षिण अफ्रिकामा भएको प्रतियोगिताको फाइनलमा भारतलाई तीन विकेटले पराजित गर्दै बङ्गलादेशले उपाधि जित्दा अकबरले अविजित ४३ रन बनाएका थिए । उक्त खेलमा उनी ‘प्लेयर अफ द म्याच’समेत घोषित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्