Trending
दुर्गा प्रसाईंले दर्ता गराए नेपाल पथ पार्टी     |     बूढानिलकण्ठबाट २१ किलो सुन बरामद     |     झलनाथ खनालले भने- मेरो घर जलाए तर विचार जलाउन सकेनन्     |     कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहानदेखि     |     स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणको काम सुरु     |     ‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा     |     तीन अध्यादेश ल्याउने सरकारको तयारी, राष्ट्रपतिसमक्ष सिफारिस     |     कांग्रेसमा गुट सकियो, अब कुनै समूह छैनः सभापति थापा     |     प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो     |     नेपालद्वारा ओमान ‘ए’ पराजित     |    
समाचार

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणको काम सुरु

२२ आश्विन २०८३, बिहीबार २१:०८

रसुवा। चीनसँगको उत्तरी नाका जोड्ने स्याफ्रुबेसीमा बेलिब्रिज जडानका लागि फाउन्डेसन (जग) निर्माणको काम सुरु गरिएको छ।

नदीका दुवैतर्फ उपकरण परिचालन गरी सडकको अस्थायी ट्र्याक निर्माणसँगै पुलको जग खन्ने काम अघि बढाइएको हो।

कुल ७६ मिटर लम्बाइ रहने उक्त बेलिब्रिज निर्माणका लागि हाल ‘एक्सेस रोड’ निर्माणको काम भइरहेको छ। बेलिब्रिज जडानका लागि १४ मिटर अग्लो फाउन्डेसन उठाउन जग खन्न दुई वटा एक्साभेटर प्रयोग गरिएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ।

यसअघि बेत्रावतीमा निर्माणाधीन बेलिब्रिज जडानको काम अन्तिम चरणमा पुगेसँगै स्याफ्रुबेसीमा पनि पूर्वाधार निर्माणलाई तीव्रता दिइएको हो।

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माण सम्पन्न भएसँगै बाढी र पहिरोले अवरुद्ध बनेको रसुवागढीसम्मको मुख्य सडक सञ्जाल पुनःस्थापित हुनेछ।

प्रतिक्रिया दिनुहोस्