Trending
एलिना र जिकेको स्वरमा ‘इन्दिरा’ सार्वजनिक     |     शीर्ष स्थानको आर्सनल म्यानचेस्टर युनाइटेडसँग पराजित     |     महिला टी-२० विश्वकप छनोट : जित्नैपर्ने दबाबका साथ स्कटल्यान्डको सामना गर्दै नेपाल     |     क्रिस्टल प्यालेसमाथि चेल्सीको शानदार जित     |     रियलको रोमाञ्चक जित     |     किराँत मिथमा आधारित नाटक ‘ए थिबेउ’ शिल्पी थिएटरमा     |     आयोजक फेरिल्यान्डको सफल सुरुआत     |     चेस पजल सोल्भिङ कन्टेस्टमा २१ जनाको प्रतिस्पर्धा     |     शाहरूख खानको ‘किङ्ग’ को प्रदर्शन मिति घोषणा     |     रेशम चौधरी चुनाव लड्न नपाउने     |    
समाचार

काठमाडौँ महानगरप्रति विद्युतका हाकिमको गुनासै गुनासा

५ जेष्ठ २०८१, शनिबार १६:२०

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले काठमाण्डौं उपत्यकामा बिजुलीको तार भूमिगत तथा वितरण प्रणालीमा स्वचालित गर्ने काममा स्थानीय तहको सहयोग नहुँदा एडिभिको लगानी फिर्ता जान लागेको बताएका छन्।

चितवनको भरतपुर महानगरपालिका–६ देवनगरमा निर्माण गरिएको ३३/११ केभी क्षमताको सब स्टेसन तथा गोन्द्राङ–देवनगर ३३ केभी प्रसारण लाइनको उद्घाटनको क्रममा शनिबार घिसिङले काठमाण्डौंका जनप्रतिनिधिले सहयोग नगर्दा लगानी फिर्ता जाने अवस्थामा पुगेका बताएका हुन्।

‘काठमाण्डौं उपत्यकामा काम सुरु भएको पाँच वर्ष पुग्यो। काम गर्न नपाएर ठेकेदार भाग्ने अवस्थामा छन्। एडिभिले काम ड्रप गर्न अवस्थामा पुगेको छ,’ उनले भने ‘आएको योजना फिर्ता हुनु भनेको हाम्रो लागि दुर्भाग्यको कुरा हो।’

उनले काठमाण्डौंको लगानी चितवनमा ल्याएको भए धेरै सजिलो हुने समेत बताए।

 

प्रतिक्रिया दिनुहोस्