Trending
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |     भोटेकोशी बाढीपीडितको पुनःस्थापना कार्य सुरु भएको मन्त्री तिमिल्सिनाको भनाइ     |    
समाचार

काठमाडौँ महानगरप्रति विद्युतका हाकिमको गुनासै गुनासा

५ जेष्ठ २०८१, शनिबार १६:२०

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले काठमाण्डौं उपत्यकामा बिजुलीको तार भूमिगत तथा वितरण प्रणालीमा स्वचालित गर्ने काममा स्थानीय तहको सहयोग नहुँदा एडिभिको लगानी फिर्ता जान लागेको बताएका छन्।

चितवनको भरतपुर महानगरपालिका–६ देवनगरमा निर्माण गरिएको ३३/११ केभी क्षमताको सब स्टेसन तथा गोन्द्राङ–देवनगर ३३ केभी प्रसारण लाइनको उद्घाटनको क्रममा शनिबार घिसिङले काठमाण्डौंका जनप्रतिनिधिले सहयोग नगर्दा लगानी फिर्ता जाने अवस्थामा पुगेका बताएका हुन्।

‘काठमाण्डौं उपत्यकामा काम सुरु भएको पाँच वर्ष पुग्यो। काम गर्न नपाएर ठेकेदार भाग्ने अवस्थामा छन्। एडिभिले काम ड्रप गर्न अवस्थामा पुगेको छ,’ उनले भने ‘आएको योजना फिर्ता हुनु भनेको हाम्रो लागि दुर्भाग्यको कुरा हो।’

उनले काठमाण्डौंको लगानी चितवनमा ल्याएको भए धेरै सजिलो हुने समेत बताए।

 

प्रतिक्रिया दिनुहोस्