Trending
शीर्ष स्थानको आर्सनल म्यानचेस्टर युनाइटेडसँग पराजित     |     महिला टी-२० विश्वकप छनोट : जित्नैपर्ने दबाबका साथ स्कटल्यान्डको सामना गर्दै नेपाल     |     क्रिस्टल प्यालेसमाथि चेल्सीको शानदार जित     |     रियलको रोमाञ्चक जित     |     किराँत मिथमा आधारित नाटक ‘ए थिबेउ’ शिल्पी थिएटरमा     |     आयोजक फेरिल्यान्डको सफल सुरुआत     |     चेस पजल सोल्भिङ कन्टेस्टमा २१ जनाको प्रतिस्पर्धा     |     शाहरूख खानको ‘किङ्ग’ को प्रदर्शन मिति घोषणा     |     रेशम चौधरी चुनाव लड्न नपाउने     |     प्रलोपा नेता सन्तोष परियारले गरे विवाह     |    
समाचार

प्रचण्डलाई दुई ठुला दलको आग्रह- सरकार छाडेर मार्गप्रशस्त गर्नुस्

१९ असार २०८१, बुधबार ११:३३

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थनबाट नेकपा एमाले बाहिरिने भएको छ

मंगलबार साँझ बसेको एमाले सचिवालय बैठकले पदबाट राजीनामा गर्न प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेको थियो । तर, प्रधानमन्त्रीले राजीनामा नगर्ने अडान लिएपछि एमालेले समर्थन फिर्ता लिने तयारी गरेको हो ।

बुधबार दिउँसो ३ बजेपछि समर्थन फिर्ता गरेर एमाले मन्त्रीहरुले राजीनामा गर्ने निर्णयबारे छलफल भएको एमालेले जनाएको छ । गत सोमबार नेपाली कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउने सहमति भइसकेको छ ।

नेपाली काँग्रेसले पनि प्रधानमन्त्री दाहाललाई मार्गप्रशस्त गर्न आग्रा गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्