Trending
किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा     |     बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह     |     बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार     |     दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट     |     विश्वकप लिग-२ः क्यानडाविरुद्ध नेपालको जित     |     प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो     |     राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडद्वारा ओजोनयुक्त पानीले धोएका फलफूल तथा तरकारीको महत्त्वबारे स्वास्थ्य तथा जनचेतनामूलक…     |     दुर्गा प्रसाईंले दर्ता गराए नेपाल पथ पार्टी     |     बूढानिलकण्ठबाट २१ किलो सुन बरामद     |     झलनाथ खनालले भने- मेरो घर जलाए तर विचार जलाउन सकेनन्     |    
समाचार

प्रचण्डलाई दुई ठुला दलको आग्रह- सरकार छाडेर मार्गप्रशस्त गर्नुस्

१९ असार २०८१, बुधबार ११:३३

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थनबाट नेकपा एमाले बाहिरिने भएको छ

मंगलबार साँझ बसेको एमाले सचिवालय बैठकले पदबाट राजीनामा गर्न प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेको थियो । तर, प्रधानमन्त्रीले राजीनामा नगर्ने अडान लिएपछि एमालेले समर्थन फिर्ता लिने तयारी गरेको हो ।

बुधबार दिउँसो ३ बजेपछि समर्थन फिर्ता गरेर एमाले मन्त्रीहरुले राजीनामा गर्ने निर्णयबारे छलफल भएको एमालेले जनाएको छ । गत सोमबार नेपाली कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउने सहमति भइसकेको छ ।

नेपाली काँग्रेसले पनि प्रधानमन्त्री दाहाललाई मार्गप्रशस्त गर्न आग्रा गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्