Trending
शीर्ष स्थानको आर्सनल म्यानचेस्टर युनाइटेडसँग पराजित     |     महिला टी-२० विश्वकप छनोट : जित्नैपर्ने दबाबका साथ स्कटल्यान्डको सामना गर्दै नेपाल     |     क्रिस्टल प्यालेसमाथि चेल्सीको शानदार जित     |     रियलको रोमाञ्चक जित     |     किराँत मिथमा आधारित नाटक ‘ए थिबेउ’ शिल्पी थिएटरमा     |     आयोजक फेरिल्यान्डको सफल सुरुआत     |     चेस पजल सोल्भिङ कन्टेस्टमा २१ जनाको प्रतिस्पर्धा     |     शाहरूख खानको ‘किङ्ग’ को प्रदर्शन मिति घोषणा     |     रेशम चौधरी चुनाव लड्न नपाउने     |     प्रलोपा नेता सन्तोष परियारले गरे विवाह     |    
समाचार

मधेसका मुख्यमन्त्री सिंहले गरे ६ मन्त्रीलाई बर्खास्त,कांग्रेस र लोसपालाई सरकारमा ल्याउँदै

२२ असार २०८१, शनिबार ०७:५६

मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले ६ जना मन्त्रीलाई बर्खास्त गरेका छन्। सङ्घीय सत्ता समीकरण अनुसार मुख्यमन्त्री सिंहले शनिबार चार दलका ६ मन्त्रीलाई सरकारबाट हटाउँदै बर्खास्त गरेका हुन्।उनले अघि राजीनामा मागे पनि मन्त्रीहरूबाट राजीनामा नआएपछि बर्खास्त गरेको बताइएको छ ।

नेकपा माओवादी केन्द्र, नेकपा एस, नेपाल सङ्घीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका मन्त्रीहरूलाई बर्खास्त गरिएको छ।नेकपा एमाले–नेपाली कांग्रेससँग भएको सहमति अनुसार मुख्यमन्त्री सिंहले चार दलका ६ मन्त्री बर्खास्त गरेको हो।

माओवादीका अर्थमन्त्री भरत प्रसाद साह, उद्योग वाणिज्य तथा पर्यटन मन्त्री युवराज भट्टराई, नेकपा एसका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री गोविन्द बहादुर न्यौपाने,उर्जा सिँचाइ तथा खानेपानी मन्त्री बेची लुङ्गेली, नेपाल सङ्घीय समाजवादी पार्टीका गृह तथा सञ्चार मन्त्री विमला अन्सारी र नागरिक उन्मुक्ति पार्टीका श्रम तथा यातायात मन्त्री उर्मिला चौधरी बर्खास्त भएका छन्।

मुख्यमन्त्री सिंहले मन्त्रीपरिषद् पुनर्गठन गरेको पत्र प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई बुझाएका छन्।६ दलको समर्थनमा जेठ २५ गते जनमत पार्टीका सिंह मुख्यमन्त्री नियुक्त भएका थिए।शनिबार उनले विश्वासको मत लिँदै छन्। त्यसअघि नै चार दलका ६ मन्त्रीलाई हटाएका उनले सम्भवतः शनिबारनै  कांग्रेस र लोसपालाई सरकारमा सहभागी गराउने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्