Trending
किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा     |     बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह     |     बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार     |     दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट     |     विश्वकप लिग-२ः क्यानडाविरुद्ध नेपालको जित     |     प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो     |     राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडद्वारा ओजोनयुक्त पानीले धोएका फलफूल तथा तरकारीको महत्त्वबारे स्वास्थ्य तथा जनचेतनामूलक…     |     दुर्गा प्रसाईंले दर्ता गराए नेपाल पथ पार्टी     |     बूढानिलकण्ठबाट २१ किलो सुन बरामद     |     झलनाथ खनालले भने- मेरो घर जलाए तर विचार जलाउन सकेनन्     |    
समाचार

मधेसका मुख्यमन्त्री सिंहले गरे ६ मन्त्रीलाई बर्खास्त,कांग्रेस र लोसपालाई सरकारमा ल्याउँदै

२२ असार २०८१, शनिबार ०७:५६

मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले ६ जना मन्त्रीलाई बर्खास्त गरेका छन्। सङ्घीय सत्ता समीकरण अनुसार मुख्यमन्त्री सिंहले शनिबार चार दलका ६ मन्त्रीलाई सरकारबाट हटाउँदै बर्खास्त गरेका हुन्।उनले अघि राजीनामा मागे पनि मन्त्रीहरूबाट राजीनामा नआएपछि बर्खास्त गरेको बताइएको छ ।

नेकपा माओवादी केन्द्र, नेकपा एस, नेपाल सङ्घीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका मन्त्रीहरूलाई बर्खास्त गरिएको छ।नेकपा एमाले–नेपाली कांग्रेससँग भएको सहमति अनुसार मुख्यमन्त्री सिंहले चार दलका ६ मन्त्री बर्खास्त गरेको हो।

माओवादीका अर्थमन्त्री भरत प्रसाद साह, उद्योग वाणिज्य तथा पर्यटन मन्त्री युवराज भट्टराई, नेकपा एसका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री गोविन्द बहादुर न्यौपाने,उर्जा सिँचाइ तथा खानेपानी मन्त्री बेची लुङ्गेली, नेपाल सङ्घीय समाजवादी पार्टीका गृह तथा सञ्चार मन्त्री विमला अन्सारी र नागरिक उन्मुक्ति पार्टीका श्रम तथा यातायात मन्त्री उर्मिला चौधरी बर्खास्त भएका छन्।

मुख्यमन्त्री सिंहले मन्त्रीपरिषद् पुनर्गठन गरेको पत्र प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई बुझाएका छन्।६ दलको समर्थनमा जेठ २५ गते जनमत पार्टीका सिंह मुख्यमन्त्री नियुक्त भएका थिए।शनिबार उनले विश्वासको मत लिँदै छन्। त्यसअघि नै चार दलका ६ मन्त्रीलाई हटाएका उनले सम्भवतः शनिबारनै  कांग्रेस र लोसपालाई सरकारमा सहभागी गराउने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्