Trending
बिना अभिनित यशोदाको तीज गीत ‘ए मैना सुनन’     |     रोड टु एभरेस्ट’ वृत्तचित्रको अफिसियल ट्रेलर सार्वजनिक     |     सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त, आजै सपथ लिने     |     वालेन सरकारको भण्डाफोर गर्न शनिबार जेनजीहरुले पत्रकार सम्मेलन गर्दै     |     हिरासतमा सीसीटीभी राख्न माग गरिएको रिट दर्ता गर्न सर्वोच्चको आदेश     |     सट्टेबाजीमा संलग्न रहेको आरोपमा एक जना पक्राउ     |     प्युठानमा सामुदायिक वनबाट १३ थान भरुवा बन्दुक बरामद     |     सुनकोशीमा बेपत्ता वृद्ध दम्पतीमध्ये श्रीमतीको शव फेला     |     अझै २८ जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता विवाद     |     सुदूरपश्चिम रोयल्समा फर्किए सेफ अली जैब     |    
समाचार

‘लापत्ता सन्तान’ को फर्स्ट लुक पोस्टर सार्वजनिक

२५ असार २०८१, मंगलवार ०६:००

राम्रो इन्टरटेनमेन्टले आनन्दराज प्रोडक्सनसँगको सहकार्यमा आफ्नो आगामी डकुमेन्ट्री सर्ट फिल्म ‘लापत्ता सन्तान’ को फर्स्ट लुक पोस्टर सार्वजनिक गरेको छ। रामजी ज्ञवालीद्वारा लिखित, निर्देशन र निर्माण गरिएको यो फिल्मले बेपत्ता बालबालिकाको मार्मिक विषयवस्तुमा आधारित कथालाई प्रस्तुत गरेको छ, जसले आफ्नो हराएका सन्तानको खोजीमा निस्केका अभिभावकहरूको हृदयविदारक भावनात्मक संघर्षलाई उजागर गर्छ। यो त पोस्टरवाट अनुमान गरिएको कुरा भयो । तर, फिल्म निर्माण टिमले के विषयमा प्रोजेक्ट वनाएको छ सार्वजनिक गरेको छैन।

‘लापत्ता सन्तान’ को टिजर केही दिनपछी सार्वजनिक गरेर थप रहस्य खोल्ने निर्माण टिमको तयारी छ।

पोस्टरमा प्रमुख कलाकारहरू रश्मी भट्ट, ओजस्वी विक्रम विष्ट, आशिष पराजुली, सबिना राउत, निलम भट्ट, र मनिष पी निरौला देख्न सकिन्छ। निरज कंडेलको डिओपी र नहकुल खड्काको सम्पादनमा तयार भएको फिल्मको कलर संयोजन राजेन्द्र मोक्तानले गरेका हुन् ।

निर्देशक ज्ञवालीले केही वर्षदेखि डकुमेन्ट्री, डकुमेन्ट्री सर्ट फिल्म, र म्युजिक भिडियो निर्माण गर्दै आएका छन्। उनको पटकथा र निर्देशनमा बनेको ‘रित्तो गाउँ’ नामक डकुमेन्ट्री सर्ट फिल्मलाई त्रिभुवन विश्वविद्यालयले अनुसन्धान गरेको थियो। ‘रित्तो गाउँ’ विशेष शो र फेस्टिवलहरूको लागि लक्षित गरिएको हुँदा अहिलेसम्म युट्युबमा सार्वजनिक गरिएको छैन।

ज्ञवालीले यसअघि ‘डार्क मुन’, ‘एक लभर’, ‘आराध्या’, र ‘हनिमुन’ जस्ता सर्ट फिल्महरू पनि निर्माण गरेका छन्।

प्रतिक्रिया दिनुहोस्