Trending
कक्षा १२ को परीक्षाको वैशाख २१ देखि गर्ने बोर्डको निर्णय     |     युवा तथा खेलकुद मन्त्री चौधरीबाट उसु जज र डिप्लोमा कोर्षको उद्घाटन     |     ‘डिजिटल कर्णाली’ अभियानलाई प्राथमिकता, विद्यालयमा डिजिटल शिक्षा सुरु हुने तयारी     |     एनसेललाई डाटा सेन्टर र क्लाउड सेवामा सरकारी मान्यता, पहिलो सूचीकृत कम्पनी     |     नेपाली बजारमा सुनको मूल्य नयाँ रेकर्ड     |     यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर     |     आज मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना     |     ‘जार’ले नेपाली सिनेमालाई नै उचाइ दिने विश्वास       |     टिकटक, फेसबुक–इन्स्टा रिल्स र युट्युब शर्ट्समार्फत् ‘ऊनको स्वीटर’का कलाकारहरूको परीक्षा र एलेक्स पात्रको नयाँ परिचय     |     सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम     |    
कला र मनोरन्जन

शाहरुख खानलाई ज्यान मार्ने धम्की

२३ कार्तिक २०८१, शुक्रबार ०२:५४

काठमाडौँ। सलमान खानपछि भारतीय अभिनेता शाहरुख खानलाई पनि मार्ने धम्की आएको छ ।

नोभेम्बर ५ मा उनलाई ज्यान मार्ने धम्की आएको भारतीय प्रहरी स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्। फैजान खान नामक एक व्यक्तिले उनलाई मार्ने धम्की दिएका हुन् ।

यसबारे महाराष्ट्रको बान्द्रा पुलिस स्टेशनमा एक निवेदन दर्ता भएको छ । छत्तीसगढको रायपुर निवासी आरोपीले अभिनेता खानसँग ठूलो फिरौती पनि मागेका छन् ।

एएनआई रिपोर्टका अनुसार अज्ञात व्यक्तिविरुद्ध भारतीय दण्ड संहिता (बीएनएस) को धारा ३०८ (४), ३५१ (३) (४) अन्तर्गत मुद्दा दर्ता गरिएको छ । जुन नम्बरबाट धम्की दिइएको छ- त्यो नम्बर छत्तीसगढका फैजान नामका व्यक्तिको नाममा दर्ता गरिएको छ । नम्बर ट्रेस गर्ने बित्तिकै मुम्बई पुलिस रायपुर पुगेको छ ।

डीसीपीका अनुसार बान्द्रा पुलिस स्टेशनमा अज्ञात कलरबाट कल आएको थियो । धम्की दिँदै फोन गर्नेले भने, ‘म ब्याण्ड स्ट्याण्डका शाहरुख खानलाई मारिदिन्छु, ५० लाख नदिए शाहरुख ज्यान जान्छ ।’

फोन गर्ने व्यक्तिलाई नाम सोध्दा उनले जवाफमा भनेए, “मलाई केही फरक पर्दैन, मेरो नाम हिन्दुस्तानी हो ।” यसअघि सन् २०२३ मा फिल्म पठान र जवानको सफलतापछि शाहरुखलाई लगातार धम्की आइरहेको थियो । उजुरी दर्ता भएपछि सुरक्षाको कारणले उनलाई वाई प्लस सुरक्षा दिइएको थियो । त्यसयता शाहरुख कडा सुरक्षामा जान्छन् ।

प्रतिक्रिया दिनुहोस्