Trending
किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम     |     देउवा परिवारको छायाँमा हङकङ दूतावास? विन्देश्वर लेखक फिर्तापछि रमेश लेखक र भानु–योगेन्द्र कनेक्सनमाथि प्रश्न     |     रक्की माउन्टेनले कोलोराडोमा मनायो नेपाली नयाँ वर्ष     |     चलचित्रमा छुटेको ‘काली–कर्णाली’     |     बाल साहित्य महोत्सव (दोस्रो संस्करण)मा बाल विकासको सफलता     |     प्रकाश खड्काको पहलमा कर्णाली हाइ अल्टिच्यूड ट्रेनिङ सेन्टरका लागि जुम्लामा जग्गा सुनिश्चित     |     अष्ट्रेलियाबाट बिन्दु पौडेलको ‘जिन्दगी के छ र’ सार्वजनिक     |     सनम कठायतको निर्देशनमा ‘परदेश’ सार्वजनिक, वैदेशिक जीवनको यथार्थ उजागर     |     उपभोक्ता अधिकार दिवसमा आर्थिक पत्रकार प्रेम प्रसाद पाैडेल सम्मानित     |     बाल विकास बोर्डिङ हाइ स्कुलले भव्यताका सम्पन्न गर्‍यो वार्षिक खेलकुद महोत्सव     |    
समाचार

एनसेललाई डाटा सेन्टर र क्लाउड सेवामा सरकारी मान्यता, पहिलो सूचीकृत कम्पनी

९ बैशाख २०८२, मंगलवार ११:५०

काठमाडौं। एनसेल नेपालमा डाटा सेन्टर र क्लाउड सेवा प्रदायकको रूपमा औपचारिकरूपमा सूचीकृत हुने पहिलो तथा एकमात्र कम्पनी बनेको छ। सूचना प्रविधि विभागले आइतबार एनसेललाई दुवै सेवा श्रेणीमा सूचीकृत गरेको हो।

डाटा सेन्टर तथा क्लाउड सेवा (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका २०८१ अनुसार, सेवा प्रदायकहरूलाई ६ महिनाभित्र सूचीकृत हुनुपर्ने व्यवस्था छ। विभागका अनुसार, एनसेलले सो अवधिभन्दा पहिलै निर्धारित मापदण्डहरू पुरा गर्दै सूचिकरण प्रक्रिया सफलतापूर्वक सम्पन्न गरेको हो।

हाल एनसेलले ललितपुरको नख्खुमा टियर थ्री स्तरको अत्याधुनिक डाटा सेन्टर सञ्चालन गरिरहेको छ। साथै, पोखरा र हेटौडामा दुईवटा डिजास्टर रिकभरी सेन्टरहरू समेत सञ्चालनमा छन्।

एनसेलका चीफ बिजनेस अफिसर डिओन एसेन्सिओ का अनुसार, कम्पनीले साइबर सुरक्षा र डेटा गोपनीयतालाई उच्च प्राथमिकता दिँदै अन्तर्राष्ट्रिय मापदण्डहरू अनुरूप सेवा प्रदान गर्दै आएको छ, जसले सूचिकरण प्रक्रिया सहज बनाएको हो। उनले यो उपलब्धिले डिजिटल नेपालको लक्ष्यमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे।

सरकारद्वारा जारी निर्देशिकाले सेवा प्रदायकहरूको नियमन, पारदर्शिता र साइबर सुरक्षालाई मजबुत बनाउने लक्ष्य राखेको छ। एनसेलको सूचिकरणसँगै यस क्षेत्रको संगठित विकास र विश्वसनीयता थप बलियो हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्