Trending
सिटीले लिभरपुललाई हरायो     |     देशभर मौसम सफा रहने     |     यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर     |     अभिनय यात्राको सत्र वर्षपछि मुख्य भूमिकामा चौरासिया     |     ‘विश्व भोकमरी सूचाङ्क–२०२५’ को प्रतिवेदन सार्वजनिक     |     रुकुम पश्चिममा करेन्ट लागेर एक युवकको मृत्यु     |     नेपाल श्रीलङ्कासँग पराजित     |     भारतविरूद्ध नेपालको ९२ रनको शानदार जित     |     डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने     |     झापा महिला गोल्डकपः सङ्कटालाई हराउँदै पुलिस क्लब फाइनलमा     |    
समाचार

एनसेललाई डाटा सेन्टर र क्लाउड सेवामा सरकारी मान्यता, पहिलो सूचीकृत कम्पनी

९ बैशाख २०८२, मंगलवार ११:५०

काठमाडौं। एनसेल नेपालमा डाटा सेन्टर र क्लाउड सेवा प्रदायकको रूपमा औपचारिकरूपमा सूचीकृत हुने पहिलो तथा एकमात्र कम्पनी बनेको छ। सूचना प्रविधि विभागले आइतबार एनसेललाई दुवै सेवा श्रेणीमा सूचीकृत गरेको हो।

डाटा सेन्टर तथा क्लाउड सेवा (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका २०८१ अनुसार, सेवा प्रदायकहरूलाई ६ महिनाभित्र सूचीकृत हुनुपर्ने व्यवस्था छ। विभागका अनुसार, एनसेलले सो अवधिभन्दा पहिलै निर्धारित मापदण्डहरू पुरा गर्दै सूचिकरण प्रक्रिया सफलतापूर्वक सम्पन्न गरेको हो।

हाल एनसेलले ललितपुरको नख्खुमा टियर थ्री स्तरको अत्याधुनिक डाटा सेन्टर सञ्चालन गरिरहेको छ। साथै, पोखरा र हेटौडामा दुईवटा डिजास्टर रिकभरी सेन्टरहरू समेत सञ्चालनमा छन्।

एनसेलका चीफ बिजनेस अफिसर डिओन एसेन्सिओ का अनुसार, कम्पनीले साइबर सुरक्षा र डेटा गोपनीयतालाई उच्च प्राथमिकता दिँदै अन्तर्राष्ट्रिय मापदण्डहरू अनुरूप सेवा प्रदान गर्दै आएको छ, जसले सूचिकरण प्रक्रिया सहज बनाएको हो। उनले यो उपलब्धिले डिजिटल नेपालको लक्ष्यमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे।

सरकारद्वारा जारी निर्देशिकाले सेवा प्रदायकहरूको नियमन, पारदर्शिता र साइबर सुरक्षालाई मजबुत बनाउने लक्ष्य राखेको छ। एनसेलको सूचिकरणसँगै यस क्षेत्रको संगठित विकास र विश्वसनीयता थप बलियो हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्