Trending
बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |    
खेलकुद

युवा तथा खेलकुद मन्त्री चौधरीबाट उसु जज र डिप्लोमा कोर्षको उद्घाटन

९ बैशाख २०८२, मंगलवार १३:१०

काठमाडौँ। नेपाल उसु महासंघले आयोजना गरेको ७ औं नेसनल उसु जज परीक्षा कोर्ष र ११ औं नेसनल डिप्लोमा परीक्षा कोर्ष २०२५ को उद्घाटन युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले गरेका छन्।

दशरथ रंगशालामा सम्पन्न कार्यक्रममा मन्त्री चौधरीले खेलाडीहरूको क्षमता अभिवृद्धि र खेल क्षेत्रको समग्र उन्नतिका लागि सरकारले निरन्तर पहल गरिरहेको उल्लेख गरे। साथै, उनले उसु महासंघमा कानुन विपरीत गतिविधि भइरहेकामा चिन्ता व्यक्त गर्दै, यस्ता गतिविधि रोक्न समयमै कदम चालिएन भने सरकारले हस्तक्षेप गरेर भए पनि स्पष्टता ल्याउने बताए।

उद्घाटन कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्यहरू, विभिन्न खेल संघका पदाधिकारी, प्रशिक्षकहरू र खेलाडीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। यस कोर्षमार्फत उसु खेलको स्तरवृद्धि र प्रशिक्षक तथा खेलाडीहरूको दक्षता अभिवृद्धि हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्