Trending
सलमानको जन्मदिनमा ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक     |     सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन     |     प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबिच छलफल सुरु     |     ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक     |     सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |    
खेलकुद

युवा तथा खेलकुद मन्त्री चौधरीबाट उसु जज र डिप्लोमा कोर्षको उद्घाटन

९ बैशाख २०८२, मंगलवार १३:१०

काठमाडौँ। नेपाल उसु महासंघले आयोजना गरेको ७ औं नेसनल उसु जज परीक्षा कोर्ष र ११ औं नेसनल डिप्लोमा परीक्षा कोर्ष २०२५ को उद्घाटन युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले गरेका छन्।

दशरथ रंगशालामा सम्पन्न कार्यक्रममा मन्त्री चौधरीले खेलाडीहरूको क्षमता अभिवृद्धि र खेल क्षेत्रको समग्र उन्नतिका लागि सरकारले निरन्तर पहल गरिरहेको उल्लेख गरे। साथै, उनले उसु महासंघमा कानुन विपरीत गतिविधि भइरहेकामा चिन्ता व्यक्त गर्दै, यस्ता गतिविधि रोक्न समयमै कदम चालिएन भने सरकारले हस्तक्षेप गरेर भए पनि स्पष्टता ल्याउने बताए।

उद्घाटन कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्यहरू, विभिन्न खेल संघका पदाधिकारी, प्रशिक्षकहरू र खेलाडीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। यस कोर्षमार्फत उसु खेलको स्तरवृद्धि र प्रशिक्षक तथा खेलाडीहरूको दक्षता अभिवृद्धि हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्