Trending
सलमानको जन्मदिनमा ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक     |     सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन     |     प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबिच छलफल सुरु     |     ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक     |     सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |    
समाचार

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम

८ बैशाख २०८२, सोमबार ०६:१२

काठमाडौं। सोमबार फेरि सुनको भाउले नयाँ रेकर्ड राखेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ९१ हजार रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

अघिल्लो दिनको तुलनामा आज १२ सय रुपैयाँ बढेको हो । अघिल्लो दिन प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । यसअघि बिहीबार १ लाख ९० हजार ६ सय रुपैयाँको उच्च रेकर्ड रहेको थियो ।

त्यस्तै, चाँदीको मूल्य भने केही दिनयता स्थिर छ । प्रतितोला १ हजार ९६० मा चाँदीको कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्