Trending
बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |    
समाचार

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम

८ बैशाख २०८२, सोमबार ०६:१२

काठमाडौं। सोमबार फेरि सुनको भाउले नयाँ रेकर्ड राखेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ९१ हजार रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

अघिल्लो दिनको तुलनामा आज १२ सय रुपैयाँ बढेको हो । अघिल्लो दिन प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । यसअघि बिहीबार १ लाख ९० हजार ६ सय रुपैयाँको उच्च रेकर्ड रहेको थियो ।

त्यस्तै, चाँदीको मूल्य भने केही दिनयता स्थिर छ । प्रतितोला १ हजार ९६० मा चाँदीको कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्