Trending
बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |    
समाचार

‘डिजिटल कर्णाली’ अभियानलाई प्राथमिकता, विद्यालयमा डिजिटल शिक्षा सुरु हुने तयारी

९ बैशाख २०८२, मंगलवार १२:०६

सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कृषि, पर्यटन, स्वास्थ्य र पूर्वाधार जस्ता क्षेत्रमा डिजिटल प्रविधिको प्रयोग र विस्तारमा प्रदेश सरकारले सम्भावनाहरूको खोजी गरिरहेको बताएका छन्।

मङ्गलबारदेखि वीरेन्द्रनगरमा सुरु भएको ‘डिजिटल कर्णाली’ कन्क्लेभमा बोल्दै उनले ‘डिजिटल कर्णाली’ अभियानलाई सरकारको प्राथमिकतामा राखिएको बताए।

उनका अनुसार डिजिटल पूर्वाधार विस्तार, इन्टरनेट पहुँच, सूचनाको हकको प्रवर्द्धन, डिजिटल शिक्षा प्रणाली र ई–गभर्नेन्समार्फत सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयहरू अहिलेको मुख्य एजेन्डा हुन्।

मुख्यमन्त्री कँडेलले कर्णालीका विद्यालयहरूलाई नमुनाको रूपमा विकास गर्दै डिजिटल शिक्षा कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको जानकारी पनि दिए।

उनले डिजिटल पूर्वाधार, शिक्षा र पहुँचबिनाको समावेशी विकास असम्भव रहेको उल्लेख गर्दै, अभियान सफल बनाउन निजी क्षेत्र, शिक्षण संस्था, प्रविधि विज्ञ र नागरिक समाजसँगको सहकार्य अपरिहार्य रहेको बताए।

प्रतिक्रिया दिनुहोस्