Trending
सलमानको जन्मदिनमा ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक     |     सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन     |     प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबिच छलफल सुरु     |     ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक     |     सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |    
समाचार

‘डिजिटल कर्णाली’ अभियानलाई प्राथमिकता, विद्यालयमा डिजिटल शिक्षा सुरु हुने तयारी

९ बैशाख २०८२, मंगलवार १२:०६

सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कृषि, पर्यटन, स्वास्थ्य र पूर्वाधार जस्ता क्षेत्रमा डिजिटल प्रविधिको प्रयोग र विस्तारमा प्रदेश सरकारले सम्भावनाहरूको खोजी गरिरहेको बताएका छन्।

मङ्गलबारदेखि वीरेन्द्रनगरमा सुरु भएको ‘डिजिटल कर्णाली’ कन्क्लेभमा बोल्दै उनले ‘डिजिटल कर्णाली’ अभियानलाई सरकारको प्राथमिकतामा राखिएको बताए।

उनका अनुसार डिजिटल पूर्वाधार विस्तार, इन्टरनेट पहुँच, सूचनाको हकको प्रवर्द्धन, डिजिटल शिक्षा प्रणाली र ई–गभर्नेन्समार्फत सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयहरू अहिलेको मुख्य एजेन्डा हुन्।

मुख्यमन्त्री कँडेलले कर्णालीका विद्यालयहरूलाई नमुनाको रूपमा विकास गर्दै डिजिटल शिक्षा कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको जानकारी पनि दिए।

उनले डिजिटल पूर्वाधार, शिक्षा र पहुँचबिनाको समावेशी विकास असम्भव रहेको उल्लेख गर्दै, अभियान सफल बनाउन निजी क्षेत्र, शिक्षण संस्था, प्रविधि विज्ञ र नागरिक समाजसँगको सहकार्य अपरिहार्य रहेको बताए।

प्रतिक्रिया दिनुहोस्