Trending
‘जारी २’ र ‘मनबिनाको धन’ले अहिलेसम्म कति कमाए ?     |     जेनजी पुस्ताको कथामा ‘झरीपछिको इन्द्रेणी’     |     हितेन्द्रलाई प्राधिकरणको कार्यकारी निर्देशकमा फर्काउन परमादेश     |     एसियन युथ पारा गेम्सलाई टोली प्रस्थान     |     नेपालगञ्ज–दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण     |     यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर     |     सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो     |     एनपिएलः लिग चरणको अन्तिम खेल हुँदै     |     भारतले जित्यो दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय सिरिज     |     एनपीएलः सुदूरपश्चिम रोयल्सको अपराजित यात्रामा पूर्णविराम, विराटनगरको सानदार जित     |    
समाचार

कर्मचारीले गरे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान तालाबन्दी

४ मंसिर २०८१, मंगलवार ०२:५९

४ मंसिर, सुर्खेत। जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा तालाबन्दी भएको छ ।

त्यहाँ कार्यरत शिक्षक तथा कर्मचारीले प्रतिष्ठानमा ताला लगाएका छन् । बढुवा र स्तरवृद्विको माग सम्बोधन नभएको भन्दै ५८ जना शिक्षक कर्मचारीले प्रतिष्ठानमा तालाबन्दी गरेका हुन् । तालाबन्दीका कारण त्यहाँका पठनपाठन नै बन्द भएको छ । यस्तै उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारलगायत पदाधिकारीको कार्यकक्ष तालाबन्दी हुँदा काम ठप्प भएको छ ।

प्रतिष्ठानमा करिब चार सय जना शिक्षक कर्मचारी कार्यरत छन् । जसमध्ये ७०र७५ जना मात्रै स्थायी छन् । ठूलो सङ्ख्यामा करार र ज्यालादारी कर्मचारी कार्यरत छन् ।

विगत लामो समयदेखि प्रतिष्ठानमा कार्यरत कर्मचारीलाई स्थायी प्रक्रियाअघि नबढाइनु, अदालतले आन्दोलनरत कर्मचारीको पक्षमा फैसला गरिसक्दा र जुम्लामा बसेको सिनेट बैठकले आन्दोलरत कर्मचारीको मागलाई सम्बोधनको प्रक्रियाअघि बढाउने निर्णय गरेपनि प्रतिष्ठानका पदाधिकारीले कार्यान्वयनमा आनाकानी गरेपछि तालाबन्दी गरिएको आन्दोलनरत कर्मचारीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्