Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
कला र मनोरन्जन

नेपाली कलाकार राजश्री श्रेष्ठ मिसेस यूएसए युनिभर्स २०२४ घोषित

२९ भाद्र २०८१, शनिबार १३:१५

२९ भदौ,काठमाडौँ। अमेरिकाको डिसी महानगर क्षेत्रमा आयोजना भएको मिसेस यूएसए टुरिज्म २०२४ को उपाधि नेपाली कलाकार राजश्री श्रेष्ठले जितेकी छन् ।

उक्त प्रतियोगितामा उनले उत्कृष्ट मुस्कान २०२४ तथा २०२४ की यूएसए पर्यटन मानव अधिकार सद्भावना दूत समेतमा बाजी मारेकी छिन् । डिसी क्षेत्र मै बसोबास गर्ने राजश्री श्रेष्ठ मिसेस वासिङ्टन डिसी २०२४ की विजेता हुन् ।

ताज पहिरन गर्न पाएकोमा हर्ष व्यक्त गर्दै उनले सबै प्रति कृतज्ञता व्यक्त गरेकी छिन् । प्रतियोगिता गत सेप्टेम्बर १३ शुक्रबारका दिन डिसी महानगर क्षेत्रको भर्जिनियाको फेयरफ्याक्समा आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्