Trending
साउनदेखि नियुक्त हुने सरकारी कर्मचारीले पेन्सन र उपदान नपाउने     |     अमेरिकामा बाढीले १३ जनाको मृत्यु     |     आज पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना     |     एसीसी यु-१६ : फाइनलमा आज सिंगापुरसँग भिड्दै नेपाल     |     कर्णाली प्रदेशको ३३ अर्बको बजेट बहुमतले पारित     |     भेरीगंगामा चट्याङ लागेर एकको मृत्यु     |     असार ५ देखि बेपत्ता सवारी चालकको शव भेरी नदी किनारमा फेला     |     ग्लोबल आइएमई क्यापिटलको “समुन्नत योजना २” म्युचुअल फन्ड असार २२ गतेदेखि निष्काशनमा , सस्तो, सुरक्षित…     |     बेलायती कम्पनीहरूलाई नेपालमा लगानी गर्न महासंघ अध्यक्ष ढकालको आग्रह     |     सन् २०२६ मा कोलम्बियामा हुने अल्टरनेटिभा फिल्म फेस्टिभलकालागि एसियाली आवेदन खुल्ला     |    
समाचार

बालुवाटारमा चिकित्सा शिक्षा आयोगको बैठक बस्दै

९ मंसिर २०८१, आईतवार ०२:३३

९ मंसिर,काठमाडौं। चिकित्सा शिक्षातर्फ स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीको मुख्य विषयलाई नसमेटीकनै आज चिकित्सा शिक्षा आयोगको १५ औँ बैठक बस्दै छ।

आइतबार बिहान ११ बजे बालुवाटारस्थित प्रधानमन्त्री निवासको पुरानो सचिवालयमा बस्नेगरी आयोगको बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

चिकित्सा शिक्षातर्फ स्नातकोत्तर तह (पीजी) को भर्नाका विषयमा अहिले निजी मेडिकल कलेज र चिकित्सा शिक्षा आयोगबिच विवाद छ। विवादको कारण सात सय ५० जना विद्यार्थी पीजी अध्ययन गर्नबाट वञ्चित हुनुपर्ने अवस्था सिर्जना भएको अवस्थामा आयोगको बैठक बस्न लागेको हो।

आयोगले सदस्यहरूलाई आइतबार बस्ने बैठकका मुख्य एजेन्डाका रूपमा नौ विषय पठाएको छ। त्यसमा पिजी भर्नामा देखिएको विवादको विषय उल्लेख गरिएको छैन। आयोग विद्यार्थीहरूले पिजी अध्ययन गर्न नपाऊन् भन्ने पक्षमा नरहेको जानकारी दिँदै उनले समस्याको समाधान प्रधानमन्त्रीले मात्र गर्न सक्ने बताइएको छ।

प्रधानमन्त्री ओलीले आयोगका पदाधिकारीलाई निजी मेडिकल कलेज र पिजी अध्ययन गर्ने विद्यार्थीको समस्या समाधान गर्न निर्देशन दिइसकेका छन्। बैठकका अधिकांश एजेन्डा आयोगको नियमित कामका विषयमा केन्द्रित छन्।

आयोगका अनुसार एजेन्डामा आयोगको गत आर्थिक वर्षमा भएका उपलब्धिको समीक्षादेखि चिकित्सा शिक्षा प्रदायक शिक्षण संस्था तथा शैक्षिक कार्यक्रम गाभ्ने कार्यविधिसम्बन्धी विषयमा छलफल हुने छन्। यस्तै केही नीतिगत विषय पनि छलफल र निर्णय हुने छ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट चिकित्सा शिक्षातर्फ प्रमाणपत्र तहका शैक्षिक कार्यक्रम सञ्चालन गर्न आशयपत्र र सम्बन्धन सिफारिससम्बन्धी विषय, आर्थिक वर्ष २०८१र८२ का लागि स्वीकृत आयोगको वार्षिक बजेट तथा कार्यक्रम संशोधन, चिकित्सा शिक्षा स्नातकोत्तर तहको शैक्षिक कार्यक्रमका लागि दिइएको छात्रवृत्ति र सञ्चालन खर्चको मापदण्ड स्वीकृतिसम्बन्धी विषय बैठकका मुख्य एजेन्डा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्