Trending
बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह     |     बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार     |     दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट     |     विश्वकप लिग-२ः क्यानडाविरुद्ध नेपालको जित     |     प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो     |     राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडद्वारा ओजोनयुक्त पानीले धोएका फलफूल तथा तरकारीको महत्त्वबारे स्वास्थ्य तथा जनचेतनामूलक…     |     दुर्गा प्रसाईंले दर्ता गराए नेपाल पथ पार्टी     |     बूढानिलकण्ठबाट २१ किलो सुन बरामद     |     झलनाथ खनालले भने- मेरो घर जलाए तर विचार जलाउन सकेनन्     |     कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहानदेखि     |    
समाचार

बालुवाटारमा चिकित्सा शिक्षा आयोगको बैठक बस्दै

९ मंसिर २०८१, आईतवार ०२:३३

९ मंसिर,काठमाडौं। चिकित्सा शिक्षातर्फ स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीको मुख्य विषयलाई नसमेटीकनै आज चिकित्सा शिक्षा आयोगको १५ औँ बैठक बस्दै छ।

आइतबार बिहान ११ बजे बालुवाटारस्थित प्रधानमन्त्री निवासको पुरानो सचिवालयमा बस्नेगरी आयोगको बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

चिकित्सा शिक्षातर्फ स्नातकोत्तर तह (पीजी) को भर्नाका विषयमा अहिले निजी मेडिकल कलेज र चिकित्सा शिक्षा आयोगबिच विवाद छ। विवादको कारण सात सय ५० जना विद्यार्थी पीजी अध्ययन गर्नबाट वञ्चित हुनुपर्ने अवस्था सिर्जना भएको अवस्थामा आयोगको बैठक बस्न लागेको हो।

आयोगले सदस्यहरूलाई आइतबार बस्ने बैठकका मुख्य एजेन्डाका रूपमा नौ विषय पठाएको छ। त्यसमा पिजी भर्नामा देखिएको विवादको विषय उल्लेख गरिएको छैन। आयोग विद्यार्थीहरूले पिजी अध्ययन गर्न नपाऊन् भन्ने पक्षमा नरहेको जानकारी दिँदै उनले समस्याको समाधान प्रधानमन्त्रीले मात्र गर्न सक्ने बताइएको छ।

प्रधानमन्त्री ओलीले आयोगका पदाधिकारीलाई निजी मेडिकल कलेज र पिजी अध्ययन गर्ने विद्यार्थीको समस्या समाधान गर्न निर्देशन दिइसकेका छन्। बैठकका अधिकांश एजेन्डा आयोगको नियमित कामका विषयमा केन्द्रित छन्।

आयोगका अनुसार एजेन्डामा आयोगको गत आर्थिक वर्षमा भएका उपलब्धिको समीक्षादेखि चिकित्सा शिक्षा प्रदायक शिक्षण संस्था तथा शैक्षिक कार्यक्रम गाभ्ने कार्यविधिसम्बन्धी विषयमा छलफल हुने छन्। यस्तै केही नीतिगत विषय पनि छलफल र निर्णय हुने छ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट चिकित्सा शिक्षातर्फ प्रमाणपत्र तहका शैक्षिक कार्यक्रम सञ्चालन गर्न आशयपत्र र सम्बन्धन सिफारिससम्बन्धी विषय, आर्थिक वर्ष २०८१र८२ का लागि स्वीकृत आयोगको वार्षिक बजेट तथा कार्यक्रम संशोधन, चिकित्सा शिक्षा स्नातकोत्तर तहको शैक्षिक कार्यक्रमका लागि दिइएको छात्रवृत्ति र सञ्चालन खर्चको मापदण्ड स्वीकृतिसम्बन्धी विषय बैठकका मुख्य एजेन्डा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्