Trending
प्रचण्ड नातिनी स्मिताको बिहेमा मोदीको शुभकामना     |     नबिल बैंकले सुरु गर्‍यो मुख्य कार्यालयबाट अपोइन्टमेन्ट बैंकिङ प्रणाली     |     आइफोन विक्रीमा रहेको भनेर झुटो विज्ञापन राखेर ठग्ने ३ जना पक्राउ     |     सुनिता थापा गण्डकी प्रदेशसभा सदस्यमा मनोनित     |     प्रकाश सपुत र परीक्षा लिम्बुले फिल्म ‘सोल्टिनी’मा जोडी बाँध्ने     |     पत्रकार महासंघको प्रतिष्ठान प्रदेश समिति वाग्लेको नेतृत्वमा सर्वसम्मत     |     कोशी प्रदेशमा लोकसेवा आयोगको विज्ञापन     |     सामाजिक सञ्जालमा उमेर नपुगेका बालबालिकाको उमेर बढाएर खाता खोलि दिनुभएको छ?     |     अकाउन्टिङलाई एआईमार्फत् रूपान्तरण गर्दै टिग     |     ‘पुष्पा २’ को बक्स अफिसमा नयाँ रेकर्ड     |    
शिक्षा

विद्यार्थी घटेपछि बागलुङका १० विद्यालय बन्द

११ मंसिर २०८१, मंगलवार १०:४३

११ मंसिर, बागलुङ । विद्यार्थी सङ्ख्या न्यून भएपछि जैमिनी नगरपालिकाका १० विद्यालय बन्द गरिएका छन् ।

नगरपालिकाले तत्कालै पाँच विद्यालय बन्द गर्ने निर्णय गरेको छभने बाँकी पाँच विद्यालय आगामी शैक्षिक सत्रदेखि बन्द गर्नेगरी समायोजन गरेको छ । पाँच विद्यालयका शिक्षक दरबन्दी अन्यत्र मिलान गरिएकोे छ । पाँच विद्यालयमा एकजना मात्रै दरबन्दी कायम गरिएको छ ।

नगरपालिकाले विद्यालय समायोजन तथा शिक्षक दरबन्दी मिलान कार्यान्वयन निर्देशिका २०८० अनुसार आगामी शैक्षिक सत्रदेखि लागू हुनेगरी पाँचवटा विद्यालय समायोजन गर्ने निर्णय गरेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्