Trending
सबै प्रदेशका पहाडी भूभागमा आंशिक बदलीसँगै हल्का हिमपातको सम्भावना     |     आज भाइटीका, उत्तम साइत ११ः ३९ बजे     |     आज तिहारको मुख्य दिन भाइटीका     |     आज अमेरिकी डलर स्थिर, यूरो र पाउण्डको भाउमा सामान्य गिरावट     |     सल्यानमा प्रहरीले ठूलो मात्रामा अवैध सामग्री बरामद, ५४ जना फरार प्रतिवादी पक्राउ     |     कर्णाली नदीमा हाम फालेकी किशोरी मृत फेला     |     जेनजी आन्दोलनका घाइते भन्छन्- घाउले भन्दा बढी चहर्‍याउँछ चाडबाडको सम्झनाले     |     कलाकारसँग प्रधानमन्त्रीको आग्रह- दुष्प्रचार चिर्न भूमिका खेलिदिनुहोस्     |     चीनसँग राम्रो सम्बन्ध चाहन्छु, तर नोभेम्बर १ देखि १५५ प्रतिशत कर लागू हुनेछ : ट्रम्प     |     नाइजेरियामा पेट्रोल ट्याङ्कर विस्फोटमा परी ३५ जनाको मृत्यु, दर्जनौं घाइते     |    
समाचार

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बाल क्यान्सरको निःशुल्क उपचार

११ मंसिर २०८१, मंगलवार १०:५९

११ मंसिर, चितवन । बीपी कोइराला मेमोरियल अस्पतालले बाल क्यान्सरको निःशुल्क उपचार सुरुआत गरेको छ ।

अस्पतालले विगतमा शय्या, खाना, रेडियो थेरापी निःशुल्क गर्दै आएकामा अब केमोलगायत औषधि पनि निःशुल्क गर्न  थालनी गरेको हो ।

अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलका अनुसार डिसेम्बरको अन्तिमसम्म विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)बाट केमोसहितका ३५  बाल क्यान्सरका औषधि निःशुल्क आउँदैछन् । ती औषधि नआउँदासम्म अहिले अस्पतालले नै औषधि उपलब्ध गराउँदै आएको छ । उनले भने, “मन्त्रालयले स्रोत सुनिश्चितता गरेकाले हामीले औषधिसमेत सम्पूर्ण उपचार निःशुल्क सुरु गरेका छौँ ।”

अस्पतालका उपनिर्देशक डा उमेश नेपालका अनुसार यस अस्पतालमा बाल क्यान्सरका बिरामीको चाप अत्यधिक हुने गर्दछ ।   उनले भने, “धेरै बिरामी हुन्छन्, निःशुल्क गर्दा अस्पताललाई ठूलो भार हुन्छ भनेपछि स्वास्थ्य मन्त्रालयले स्रोतको सुनिश्चितताको प्रतिबद्धता दियो ।” पछि सोधभर्ना हुने गरी अहिले अस्पतालले नै केमोलगायत औषधिको व्यवस्थापन गरेको उपनिर्देशक डा नेपालको भनाइ छ ।

अस्पतालका बाल क्यान्सर रोग विशेषज्ञ डा कृष्णसागर शर्माले सुरुकै अवस्थामा बाल क्यान्सर पत्ता लाग्यो भने निको बनाउन सकिने बताए । नेपालमा बर्सेनि एक हजार पाँच सय हाराहारी नयाँ बाल क्यान्सरका बिरामी हुन्छन् भन्ने अनुमान रहेको उनको भनाइ छ । तीमध्ये आधा मात्र उपचारको पहुँचमा आउने गरेको उनले जानकारी दिए ।

उनले भने, “कतिपय बालबालिका क्यान्सर पत्ता नलागी ज्यान गुमाएका हुन्छन् । कतिपय विदेशमा गएर उपचार गराएका छन् । तर ५० प्रतिशत बालबालिका क्यान्सर अस्पतालको पहुँच बाहिर रहेको अनुमान गरिएको छ ।” बाल क्यान्सरको उपचार पूर्ण निःशुल्क भएसँगै पहुँच बाहिर रहेका बालबालिका पनि उपचारको पहुँचमा आउने उहाँले विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्