Trending
बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह     |     बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार     |     दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट     |     विश्वकप लिग-२ः क्यानडाविरुद्ध नेपालको जित     |     प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो     |     राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडद्वारा ओजोनयुक्त पानीले धोएका फलफूल तथा तरकारीको महत्त्वबारे स्वास्थ्य तथा जनचेतनामूलक…     |     दुर्गा प्रसाईंले दर्ता गराए नेपाल पथ पार्टी     |     बूढानिलकण्ठबाट २१ किलो सुन बरामद     |     झलनाथ खनालले भने- मेरो घर जलाए तर विचार जलाउन सकेनन्     |     कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहानदेखि     |    
समाचार

दुर्गा प्रसाईंलाई क्यान्सरको उपचार गराउन सर्वोच्चको निर्देशनात्मक आदेश

१३ मंसिर २०८१, बिहीबार १३:३५

१३ मंसिर,काठमाडौँ। सर्वोच्च अदालतले प्रहरी हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई उपचारको व्यवस्था गर्न आदेश दिएको छ ।

सर्वोच्चले बन्दी प्रत्यक्षीकरणको निवेदन खारेज गर्दै उनी क्यान्सर जस्तो संवेदनशील रोगको बिरामी भएकाले उपचारको व्यवस्था गर्न बुधबार आदेश दिएको हो ।

न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेको इजलासले बुधबार प्रसाईंका छोरा निराजनले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट खारेज गर्दै उपचारका लागि निर्देशनात्मक आदेश जारी गरेको हो । आदेशको पाठ बिहीबार सार्वजनिक भएको हो ।

प्रसाईंको तर्फबाट काठमाडौं जिल्ला अदालतले यही मंसिर ९ मा दोस्रोपटक म्याद थप गर्दा सम्बन्धित विशेषज्ञबाट आवश्यक उपचारको प्रबन्ध गर्नू भनेको आदेशको पालना नभएको निवेदन दायर भएको थियो । जसमा सर्वोच्चले निर्देशनात्मक आदेश जारी गरेको हो ।

प्रहरी हिरासतमा रहेका मेडिकल व्यवसायी प्रसाईंका छोरा निरज प्रसाईँले गैरकानुनी रुपमा थुनामा राखेको भन्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता गरेकोमा निवेदन खारेज हुने ठहरे पनि प्रसाईलाई काठमाडौँ जिल्ला अदालतबाट मंसिर ९ मा हिरासतमा राख्ने अनुमति प्रदान गर्दा निवेदक निज दुर्गा प्रसाईँ क्यान्सरको बिरामी रहेको भनी उल्लेख गरेकोले सम्बन्धित विशेषज्ञबाट आवश्यक उपचारको प्रबन्ध गर्न अनुसन्धान गर्ने निकायलाई निर्देशन दिएको हो ।

प्रतिक्रिया दिनुहोस्