Trending
‘जारी २’ र ‘मनबिनाको धन’ले अहिलेसम्म कति कमाए ?     |     जेनजी पुस्ताको कथामा ‘झरीपछिको इन्द्रेणी’     |     हितेन्द्रलाई प्राधिकरणको कार्यकारी निर्देशकमा फर्काउन परमादेश     |     एसियन युथ पारा गेम्सलाई टोली प्रस्थान     |     नेपालगञ्ज–दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण     |     यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर     |     सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो     |     एनपिएलः लिग चरणको अन्तिम खेल हुँदै     |     भारतले जित्यो दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय सिरिज     |     एनपीएलः सुदूरपश्चिम रोयल्सको अपराजित यात्रामा पूर्णविराम, विराटनगरको सानदार जित     |    
समाचार

दुर्गा प्रसाईंलाई क्यान्सरको उपचार गराउन सर्वोच्चको निर्देशनात्मक आदेश

१३ मंसिर २०८१, बिहीबार १३:३५

१३ मंसिर,काठमाडौँ। सर्वोच्च अदालतले प्रहरी हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई उपचारको व्यवस्था गर्न आदेश दिएको छ ।

सर्वोच्चले बन्दी प्रत्यक्षीकरणको निवेदन खारेज गर्दै उनी क्यान्सर जस्तो संवेदनशील रोगको बिरामी भएकाले उपचारको व्यवस्था गर्न बुधबार आदेश दिएको हो ।

न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेको इजलासले बुधबार प्रसाईंका छोरा निराजनले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट खारेज गर्दै उपचारका लागि निर्देशनात्मक आदेश जारी गरेको हो । आदेशको पाठ बिहीबार सार्वजनिक भएको हो ।

प्रसाईंको तर्फबाट काठमाडौं जिल्ला अदालतले यही मंसिर ९ मा दोस्रोपटक म्याद थप गर्दा सम्बन्धित विशेषज्ञबाट आवश्यक उपचारको प्रबन्ध गर्नू भनेको आदेशको पालना नभएको निवेदन दायर भएको थियो । जसमा सर्वोच्चले निर्देशनात्मक आदेश जारी गरेको हो ।

प्रहरी हिरासतमा रहेका मेडिकल व्यवसायी प्रसाईंका छोरा निरज प्रसाईँले गैरकानुनी रुपमा थुनामा राखेको भन्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता गरेकोमा निवेदन खारेज हुने ठहरे पनि प्रसाईलाई काठमाडौँ जिल्ला अदालतबाट मंसिर ९ मा हिरासतमा राख्ने अनुमति प्रदान गर्दा निवेदक निज दुर्गा प्रसाईँ क्यान्सरको बिरामी रहेको भनी उल्लेख गरेकोले सम्बन्धित विशेषज्ञबाट आवश्यक उपचारको प्रबन्ध गर्न अनुसन्धान गर्ने निकायलाई निर्देशन दिएको हो ।

प्रतिक्रिया दिनुहोस्