Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
शिक्षा

विद्यालयमा मोबाइल लैजाने विद्यार्थीलाई अब तीन हजार जरिवाना

१३ मंसिर २०८१, बिहीबार १५:५९

१३ मंसिर,जुम्ला। जुम्लाको पातारासी गाउँपालिकास्थित क्रणमोक्ष माध्यमिक विद्यालय डिल्लीचौरले विद्यालयमा मोबाइल लैजाने विद्यार्थीलाई तीन हजार रुपैयाँ जरिवाना गर्ने भएको छ ।

विद्यालयमा मोबाइल लैजाँदा विद्यार्थीहरूले ध्यानपूर्वक नपढ्ने र मोबाइलमै रुमल्लिने भएकोले मोबाइल प्रतिबन्ध गरेको हो । विद्यालय व्यवस्थापन समितिले विद्यालयमा मोबाइल प्रतिबन्ध गर्ने निर्णय शिक्षक, अभिभावक र विद्यार्थीसँग छलफल गराएर अनुमोदन गरेपछि कार्यन्वयनमा आएको हो ।

अब विद्यालयमा विद्यार्थीहरूले मोबाइल लैजान पाउने छैनन्,’ प्रधानाध्यापक कृष्ण बुढाले भने, ‘मोबाइल भेटिएमा तीन हजार रुपैयाँ जरिवाना हुनेछ । जरिवाना स्वरुपको रकम एक साताभित्र सम्वन्धित विद्यार्थीको अभिभावक आएर विद्यालयमा जम्मा गर्नुपर्नेछ । यदि अभिभावक नै नआएको बखत सो मोबाइल लिलाममा विद्यालयले नै बेच्नेछ ।’

मोबाइल बेचेर आएको रकमले मोबाइल ल्याउने विद्यार्थीको शैक्षिक सुधारमा लगाइने प्रधानाध्यापक बुढाले बताए । क्रृणमोक्ष माध्यमिक विद्यालयमा गतसाता देखि यो निर्णय कार्यन्वयनमा आएको हो । विद्यालयमा मोबाइल प्रतिबन्ध गराउने निर्णयले अभिभावक खुसी छन् । अहिले विद्यालयमा लाइनदेखि कक्षाकोठा प्रवेश गर्दा मोबाइल ल्याएको छ या छैनन् बिषयमा सर्च नै हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्