Trending
अश्लिल भिडिओ बनाउने र बेच्ने युवक टोखाबाट पक्राउ     |     एसीसी यु-१६ : समूह चरणको अन्तिम खेलमा भुटानसँग भिड्दै नेपाल     |     यी प्रदेशमा भारी वर्षाको सम्भावना     |     मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?     |     चलचित्र ‘यानी माया’मा अञ्जना पुनको प्रमुख अभिनय रहने     |     ‘मिरमिरे’को वर्कसपमा जुटे दयाहाङ राई र प्रकाश सपूत     |     मुगुको कोटडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प     |     साम्बा महिला फुटबल टोलीको नयाँ कप्तान     |     ऊनको स्वीटरले मनायो ५१ दिने उत्सव     |     चलचित्र ‘पारी बुटोल’का लागि कलाकार छनोट सुरु     |    
समाचार

माओवादी केन्द्रलाई काँग्रेसले भन्योः संसद अवरुद्ध गर्नुपर्ने कुनै कारण छैन

३० भाद्र २०८१, आईतवार १२:४१

३० भदौ, काठमाडौं। सत्तारुढ नेपाली काँग्रेसले संसद बैठक अवरुद्ध नगर्न नेकपा (माओवादी केन्द्र) लाई आग्रह गरेको छ ।

काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले संसदमा प्रयोग हुँदै आएको हिंसा शब्दलाई लिएर संसद बैठक अवरुद्ध पार्ने कामलाई निरन्तरता नदिन माओवादी केन्द्रलाई आग्रह गर्नुभएको हो । एउटा सांसदले संसदमा प्रयोग गरेको शब्दलाई कोटयाईरहनुपर्ने आवश्यक्ता नभएको उहाँको जिकिर थियो ।

नेकपा (एमाले)का सांसद योगेशकुमार भट्टराईले संसदमा बोल्ने क्रममा हिंसा शब्द प्रयोग गरेपछि माओवादी केन्द्रले आपत्ति जनाउँदै त्यो शब्द संसदका रेकर्डबाट हटाउन सभामुख देवराज घिमिरेसँग माग गरेको थियो ।

सभामुख घिमिरेले सो शब्दलाई असंसदीय भन्न नमिल्ने उल्लेख गर्दै हटाउन आवश्यक नभएको निर्णय लिनुभएको थियो । त्यसको विरोधमा माओवादी केन्द्रले प्रतिनिधि सभा बैठक अवरुद्ध पार्दै आएको छ । प्रवक्ता महतले भने सोही शब्दलाई अतिशयोक्तिपूर्ण ढंगले लिने र संसद बैठक अवरुद्ध पार्न नहुने बताउनु भयो । उहाँले शान्ति प्रक्रियालाई टुंगो लगाउने काममा सबै दलहरु एक ठाउँमा उभिएको बेला केही शब्दमाथि आपत्ति जनाउने काम आवश्यक नभएको बताए । प्रवक्ता महतले विपक्षमा रहेको बेलामा धेरै प्रतिक्रियात्मक नबन्न र कानून निर्माण गर्ने काममा केन्द्रित हुनुपर्ने भएकाले संसद सुचारु गराउने काममा ढिलाई नगर्न पनि सचेत गराए।

यसलाई सत्तापक्ष र विपक्षको रुपमा हेर्नु भन्दा पनि संसदमा सदस्यहरुले आ आफ्नो कुरा प्रकट गर्दछन् । त्यो सबैमा सहमती भएर बोलेको कुरा हुँदैन पहिलो कुरा । दोस्रो कुरा, अव त्यस सम्बन्धमा इन्डिभिज्युअल मेम्बरले आफ्नो दृष्टिकोण राख्छ । कुनै शब्द प्रयोग गर्दछन् । त्यसैलाई लिएर यत्रो अवरोध गरिरहनुपर्ने कुनै खण्ड थिएन । अब यी विषयमा विभिन्न चरणमा संसदमा पनि, संसद बाहिर पनि विशेषणहरु दिँदाखेरी विभिन्न विशेषणहरुको प्रयोग हुन्छ । उहाँहरुले एउटा विशेषण दिनुहुन्छ । अर्को पक्षले अर्को विशेषण दिन्छ । तर त्यसैलाई लिएर मूलभूत कुरा त जे हामी एग्री भएका छौँ, जसरी यो प्रक्रिया अगाडि बढेको छ ।

प्रतिक्रिया दिनुहोस्