Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

इरानसँग नेपाल पराजित

८ कार्तिक २०८२, शुक्रबार २०:४६

त्रिदेशीय महिला अन्तर्राष्ट्रिय मैत्रीपूर्ण प्रतियोगिता अन्तर्गत नेपाल इरानसँग पराजित भएको छ।

शुक्रबार भारतको सिलोङस्थित जवाहरलाल नेहरू रंगशालामा सम्पन्न खेलमा इरानले नेपाललाई ३-० ले हराएको छ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दुवै टोलीले पहिलो हाफमा राम्रो अवसर पाए पनि सदुपयोग गर्न सकेनन्।

त्यसपछि खेलको ४९ औँ मिनेटमा इरानले पहिलो गोल गरेको छ। इरानका लागि सारा दिदारले पहिलो सफलता दिलाइन्। इरानले पहिलो गोल गरेको दुई मिनेटपछि नै दोस्रो गोल गरेको छ।

इरानका लागि कप्तान जाहाराले दोस्रो सफलता दिलाइन्। खेलको ५७ औँ मिनेटमा इरानले अर्को गोल थपेको छ। इरानका लागि सबनम बेहिसटले तेस्रो गोल गरिन्।

यसअघि इरानले आफ्नो पहिलो खेलमा घरेलु टोली भारतलाई २-० ले पराजित गर्दै प्रतियोगिताको शुरुआत गरेको थियो।

यसअघि सन् २०१९ मा नेपालले इरानलाई ३-० ले पराजित गरेको थियो। नेपालले अब सोमवार भारतसँग खेल्ने छ।

यो जितसँगै इरानले त्रिदेशीय महिला अन्तर्राष्ट्रिय मैत्रीपूर्ण प्रतियोगिताको उपाधि पनि जितेको छ। यसअघि इरानले भारतलाई पनि पराजित गरिसकेको थियो।

प्रतिक्रिया दिनुहोस्