Trending
निर्वाचनको देशव्यापी माहौल बन्दै, राजनीतिक गतिविधि बढ्यो     |     यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर     |     एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’     |     लुम्बिनी लायन्सलाई एनपिएल दोस्रो संस्करणको उपाधि     |     एनपीएल: उपाधि जित्न लुम्बिनीलाई ८६ रनको लक्ष्य     |     एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा     |     रणवीर सिंहको ‘धुरन्धर’ ६ खाडी देशमा प्रतिबन्धित     |     आइटिएफ टेनिसः नेपालकी शिभाली फाइनलमा     |     जेनजी हत्यारा, भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै वीरगंजमा जेनजीद्धारा मोटरसाईकल र्याली     |     एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक     |    
खेलकुद

काभा भलिबलमा नेपालको जित

८ कार्तिक २०८२, शुक्रबार २०:२५

काठमाडौँ। बङ्गलादेशमा जारी सेन्ट्रल एसिया भलिबल सङ्घ (काभा) कप पुरुष भलिबल प्रतियोगितामा नेपालले पहिलो जित दर्ता गराएको छ।

बङ्गलादेशको ढाकास्थित इन्डोर हलमा आज भएको आफ्नो तेस्रो खेलमा नेपालले माल्दिभ्सलाई ३–० को सेटमा हराउँदै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो। यस जितसँगै तीन खेलमा नेपालले चार अङ्क बटुलेको छ।

नेपालले माल्दिभ्सलाई खेलको पहिलो सेट २५–२१ जित्यो भने खेलको दोस्रो सेट २५–२३ ले हरायो। त्यसैगरी खेलको तेस्रो तथा अन्तिम सेट २५–१८ ले आफ्नो पक्षमा पार्‍यो।

यसअघि भएको पहिलो खेलमा नेपाल तुर्कमेनिस्तान र दोस्रो खेलमा बङ्गलादेशसँग पराजित भएको थियो। यही कात्तिक ११ गतेसम्म चल्ने उक्त प्रतियोगितामा नेपालले आफ्नो चौथो खेल अफगानिस्तानसँग ९ गते खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्