Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

तिहारमा पनि डोल्पामा वार्षिक परीक्षा सञ्चालन

८ कार्तिक २०८२, शुक्रबार २०:२८

सुर्खेत। मुलुकभरि तिहारको रौनकसँगै भाइटीका मनाइरहेका बेला उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकाभित्रका विद्यालयमा परीक्षा सञ्चालन भएको छ ।

चिसोका कारण विद्यालय बन्द गर्नुपर्ने भएकाले कात्तिक १५ सम्ममा सबै परीक्षा सम्पन्न गरी बिदा दिने गरिएकाले तिहारमा पनि वार्षिक परीक्षा सञ्चालन गरिएको शे–फोक्सुण्डो गाउँपालिकाका शिक्षा समितिका संयोजक पेमा वाङछेन गुरुङले जानकारी दिए।

उनका अनुसार पालिकाभित्रका सबै विद्यालयले कात्तिकको पहिलो हप्तादेखि परीक्षा सञ्चालन गरेर १५ गतेसम्ममा पूरा गर्न दिइएको निर्देशनअनुसार परीक्षा भएको हो ।

कात्तिकदेखि चिसो बढ्ने र हिमपात हुने भएकाले १५ गतेभित्र परीक्षा सकाएर विद्यालय बन्द गरिन्छ । सोही कारणले चाडपर्वमा पनि परीक्षा गराएको शे–फोक्सुण्डो–७ स्थित टसी सम्भो आधारभूत विद्यालयका शिक्षक नवीन शाहीले बताए ।

उनले भने, “यसपटक हामीले पर्व विद्यार्थीसँग मनाएका छौँ । शे–फोक्सुण्डो गाउँपालिकाभित्रका सबै विद्यालयका शिक्षकले पालिकाको निर्देशनअनुसार काम गनुभएको छ ।”

शिक्षा समितिका संयोजक गुरुङका अनुसार यहाँ माध्यमिक विद्यालय एक, आधारभूत नौ र तीन बालविकास कक्षा ९इसिडी० सञ्चालनमा छन् । सबै विद्यालयमा वार्षिक परीक्षा एकैसाथ सञ्चालन भइरहेको जनाउँदै उनले डोल्पामा दुईवटा शैक्षिकसत्र सुरु हुने बताए ।

प्रतिक्रिया दिनुहोस्