Trending
निर्वाचनको देशव्यापी माहौल बन्दै, राजनीतिक गतिविधि बढ्यो     |     यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर     |     एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’     |     लुम्बिनी लायन्सलाई एनपिएल दोस्रो संस्करणको उपाधि     |     एनपीएल: उपाधि जित्न लुम्बिनीलाई ८६ रनको लक्ष्य     |     एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा     |     रणवीर सिंहको ‘धुरन्धर’ ६ खाडी देशमा प्रतिबन्धित     |     आइटिएफ टेनिसः नेपालकी शिभाली फाइनलमा     |     जेनजी हत्यारा, भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै वीरगंजमा जेनजीद्धारा मोटरसाईकल र्याली     |     एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक     |    
समाचार

जुम्लामा बिजुली सर्टका कारण आगलागी

८ कार्तिक २०८२, शुक्रबार १७:०५

जुम्ला। जुम्लाको पातारासी गाउँपालिका–४ डिल्लीचौरमा विद्युत् तार सर्ट भई आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेको छ।

आगलागीबाट स्थानीय विन्दराम विकको दुईतले घर खरानीमा परिणत भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ। प्रहरीका अनुसार आगलागी विद्युत् तार सर्ट हुँदा सुरु भएको हो।

प्रहरी नायब उपरीक्षक रबिनबाबु रेग्मीका अनुसार घरभित्र रहेका लत्ताकपडा, अन्नपात, सुन, नगद, भाँडाकुडा तथा अन्य सम्पूर्ण घरायसी सामान जलेर नष्ट भएका छन्।

साथै घरमा रहेका चारवटा बाख्रा र दुईवटा खरायो पनि जलेर मरेका छन्। प्रारम्भिक अनुमान अनुसार आगलागीबाट करिब १९ लाख ९० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

स्थानीयवासी र प्रहरीले प्रयास गरे पनि आगो नियन्त्रणमा आउन ढिलो भएको बताइएको छ। आगलागीपछि विक परिवार खुला आकाशमुनि बस्न बाध्य भएको छ।

जीवनभरको कमाइ र मेहनतले बनाएको घर र सम्पत्ति एकैछिनमा खरानी हुँदा पीडित परिवार आक्रन्दित बनेको छ। विन्दराम विकले भने, “बस्ने एउटा घर थियो, त्यो पनि जल्यो, घरसँगै सबै सपना पनि खरानी भए।” स्थानीय सरकारले राहत र सहयोगका पहल गर्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्