Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

जुम्लामा बिजुली सर्टका कारण आगलागी

८ कार्तिक २०८२, शुक्रबार १७:०५

जुम्ला। जुम्लाको पातारासी गाउँपालिका–४ डिल्लीचौरमा विद्युत् तार सर्ट भई आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेको छ।

आगलागीबाट स्थानीय विन्दराम विकको दुईतले घर खरानीमा परिणत भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ। प्रहरीका अनुसार आगलागी विद्युत् तार सर्ट हुँदा सुरु भएको हो।

प्रहरी नायब उपरीक्षक रबिनबाबु रेग्मीका अनुसार घरभित्र रहेका लत्ताकपडा, अन्नपात, सुन, नगद, भाँडाकुडा तथा अन्य सम्पूर्ण घरायसी सामान जलेर नष्ट भएका छन्।

साथै घरमा रहेका चारवटा बाख्रा र दुईवटा खरायो पनि जलेर मरेका छन्। प्रारम्भिक अनुमान अनुसार आगलागीबाट करिब १९ लाख ९० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

स्थानीयवासी र प्रहरीले प्रयास गरे पनि आगो नियन्त्रणमा आउन ढिलो भएको बताइएको छ। आगलागीपछि विक परिवार खुला आकाशमुनि बस्न बाध्य भएको छ।

जीवनभरको कमाइ र मेहनतले बनाएको घर र सम्पत्ति एकैछिनमा खरानी हुँदा पीडित परिवार आक्रन्दित बनेको छ। विन्दराम विकले भने, “बस्ने एउटा घर थियो, त्यो पनि जल्यो, घरसँगै सबै सपना पनि खरानी भए।” स्थानीय सरकारले राहत र सहयोगका पहल गर्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्