Trending
सुनको मूल्य तोलामा एकैदिन ८ हजारले बढ्यो     |     नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त     |     ‘हेलो सरकार’ को स्तरोन्नति गरिँदै, के छ तयारी ?     |     शिवहरि बैरागीलाई दीर्घ सम्मानः पचास जनालाई एभर ग्रीन वर्ल्डवाइडको सम्मान     |     मिड–भ्यालीको ‘बिल्ड नेपाल ह्याकाथन २०२६’मा बाँदर आतंकको समाधान खोज्ने ‘इनोभिजन समूह’ विजेता     |     विद्युत् प्राधिकरणको अनियमितता अध्ययन गर्न दुई समिति     |     काठमाडौंमा पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल सुरु, ३२ टोली मैदानमा     |     शेखरले एसियाली आईटीएफ खेल्ने     |     राष्ट्रपति पौडेलद्वारा पूर्वराष्ट्रपति यादव र पूर्वउपराष्ट्रपति झासँग छलफल     |     चलचित्र ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक     |    
बैंक वित्तीय

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन

६ जेष्ठ २०८१, आईतवार १६:०१

आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु आर्थिक वर्ष २०८०/ ८१ को १० महिनामा रु साढे पाँच अर्बभन्दा धेरै रकम राजस्व सङ्कलन गरेको छ ।

कार्यालयका अनुसार चालु आवको १० महिनामा मूल्य अभिवृद्धि कर सङ्कलन उत्साहजनक देखिए पनि अन्तःशुल्क कर भने अपेक्षाकृत ढङ्गले सङ्कलन हुन सकिरहेको छैन । आन्तरिक राजस्व कार्यालय वीरगञ्जका प्रमुख कर अधिकृत ढाकाराम तिवारीले कार्यालयले चालु आवको १० महिनाको अवधिमा सबै शीर्षकमा रु पाँच अर्ब ५८ करोड ९६ लाख ५० हजार राजस्व असुली गरेको बताउनुभयो ।

“आन्तरिक राजस्व विभागले चालु आवको रु १० महिनामा सात अर्ब ३० करोड रकम राजस्व असुली गर्ने लक्ष्य तोकिदिएको थियो तर बजार सुस्ताएसँगै लक्ष्यको ७६ दशमलव ५६ प्रतिशत मात्रै राजस्व सङ्कलन गर्न सकेका छौँ,” उहाँले भन्नुभयो, “चालु आवको १० महिनाको अवधिमा मूल्य अभिवृद्धि कर (भ्याट)तर्फको राजस्व सङ्कलनको वृद्धिदर गत आवको तुलनामा ३० प्रतिशतभन्दा धेरै छ तर अन्तःशुल्क कर भने यो वर्ष घट्ने देखिएको छ ।” कार्यालयले चालुको साउनदेखि वैशाख मसान्तसम्मको अवधिमा सबैभन्दा धेरै अन्तःशुल्क कर (एक्साइज इन्टरनल)तर्फ भने दुई अर्ब २२ करोड ७१ लाख २२ हजार सङ्कलन गरेको छ ।

अब भने अन्तःशुल्क करबापतको रकम आगामी दुई महिनामा धेरै बढ्ने सम्भावना न्यून छ । कार्यालयले मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ भने रु एक अर्ब ७२ करोड ४७ लाख रकम असुली गरेको छ । त्यस्तै, आयकर शीर्षकमा पनि एक अर्ब ५६ करोड ३६ लाख रकम असुली गरेको छ ।

प्रतिक्रिया दिनुहोस्