Trending
सलमानको जन्मदिनमा ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक     |     सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन     |     प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबिच छलफल सुरु     |     ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक     |     सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |    
शिक्षा

विश्वविद्यालय शिक्षाको मन्दिर होः प्रधानमन्त्री

१३ पुष २०८१, शनिबार ११:०२

१३ पुस, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयलाई शिक्षाको मन्दिरका रुपमा अघि बढाउनुपर्ने बताएका छन् ।

शनिवार त्रिभूवन विश्वविद्यालयद्वारा दरशथ रंगशालामा आयोजित ५० औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले विश्वविद्यालयलाई शिक्षाको मन्दिरका रुपमाअघि बढाउनुपर्ने र आदरणीय, प्राचनिय थलोको रुपमा विकास गर्नुपर्ने बताएका छन् ।

उनले मन्दिरमा जाँदा सकारात्मक भाव पैदा भएझैँ विश्वविद्यालयमा जाँदा पनि सकारात्मक भावका साथ जानुपर्ने बताए । उनले नेपाली समाज सभ्य समाज रहेको उल्लेख गर्दै त्रिभूवन विश्वविद्यालयमा कमी, कमजोरीहरुलाई सुधार गर्दै जाने बताएका छन् ।

उनले भने , ‘त्रिभूवन विश्वविद्यालयमा कमी, कमजोरीहरु होलान्, भौतिक पूर्वाधारका कमी होलान्, अरु कुराहरुका कमी होलान्, पर्याप्त भयो भन्ने दिन कहिल्यै हुँदैन, कमी त भइरहन्छन्, आर्थिक अवस्था कमजोर होला, त्यसलाई हामी सच्याउँदै जानेछौँ । त्रिभूवन विश्वविद्यालयलाई धन्यवाद भन्न चाहन्छु, त्रिभूवन विश्वविद्यालयले स्थापना कालदेखि जुन योगदान गर्नुभएको छ यसका लागि धेरै धन्यवाद भन्न चाहन्छु । एउटा कुरामा हामीले ध्यान दिनुपर्छ । आजको शैक्षिक जगत शैक्षिक जगत जस्तो नदेखिएर कहिले कहिले अन्यथा प्रकारका प्रवृत्तिहरु पनि देखिन थालेका छन्, यस कुरामा हामी सजग हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्