Trending
नेपाली ‘यु–१९’ क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने     |     पीएचपी सफ्टवेयरको सुरक्षा कमजोरी: नेपालका अधिकांश बैंकका अनलाइन सेवा प्रभावित     |     नेकपाले भोलिदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने     |     प्रधानमन्त्री बालेनलाई असफल बनाउन रास्वपाको षड्यन्त्र: प्रभु साह     |     सुदूरपश्चिम प्रदेशसभा सचिव बोगटीको राजीनामा स्वीकृत     |     वीर अस्पतालमा पार्किन्सन, छारे र मेरुदण्ड रोगको विशेष क्लिनिक     |     नेपाल अपराधीको आश्रयस्थल बन्न नदिन महेश बस्नेतको चेतावनी     |     एनटी फाइबरको प्याकेजमा ग्राहकको आकर्षण, अनलाइनबाटै सेवा लिन सकिने     |     सेनाद्वारा आरुघाटस्थित बूढीगण्डकीमा ‘बेलिब्रिज’ जडान     |     विश्वकप लिग-२ : ओमानविरुद्ध नेपालको १० रनको जित     |    
कला र मनोरन्जन

फ्राइडे रिलिज : ‘कार्साङ’ भर्सेज ‘गेम चेन्जर’

२६ पुष २०८१, शुक्रबार ०९:०७

काठमाडौँ । आज शुक्रवारबाट फिल्म हलमा एक हिन्दी सहित दुई नयाँ फिल्म प्रदर्शनमा आएका छन् । फिल्म हुन् ‘कार्साङ’ र ‘गेम चेन्जर’ । ‘कार्साङ’ नेपाली फिल्म हो, भने ‘गेम चेन्जर’ भारतीय फिल्म हो । दुवै फिल्म देशभर प्रदर्शनमा आएको हो ।

‘कार्साङ’ अभिनेता दयाहाङको ६ महिनापछिको रिलिज हो । याम शेर्पा निर्देशित यस फिल्मले यार्सा नामक सिन्धुपाल्चोकको शेर्पा समुदायको एक झाँक्री लोप्साङको कथा भन्छ । आर्थिक विपन्नतासँग जुधिरहेको उक्त पात्रले कसरी समाज र परिवारका असमानतासँग संघर्ष गर्छ भन्ने कथावस्तु यसमा समावेश छ ।

यी मध्ये शो र हल धेरै नेपाली फिल्म ‘कार्साङ’ ले पाएको छ । यद्यपि देशभका फिल्म हल यी दुई फिल्मले कब्जा जमाउन पाएका छैनन् । किनभने यस अगाडि रिलिज भएका नेपाली ‘पूर्णबहादुरको सारङ्गी’, हिन्दी ‘पुष्पा २’ र अङ्ग्रेजी फिल्म ‘मुफासा’ ले अझै केही स्टेशनमा कब्जा जमाएर बसेको छ ।

अभिनेता दयाहाङ राईको मुख्य भूमिका रहेको फिल्म हो ‘कार्साङ’ । वर्षमा धेरै फिल्म रिलिज हुने अभिनेता दयाहाङको कुनै बेला एउटै मितिमा दुई फिल्मसम्म रिलिज भए । गत मात्र उनका ९ वटा फिल्म रिलिज भए । कति महिनैपिच्छे आए त कति एउटै मितिमा पनि । ‘कार्साङ’ भने ६ महिनामा आएको हो । गत असार २८ गते प्रदर्शन भएको ‘घरज्वाइँ’ पछि उनका कुनै फिल्म आएका थिएनन् ।

शेर्पा समुदायको संस्कृति र परम्परामा आधारित भएर बनेको फिल्मले अभाव र दुःखसँग जुधिरहेको एक परिवारले आफ्नो संस्कार जोगाउन गरेको सङ्घर्षको कथा भन्छ । फिल्ममा दयाहाङ शेर्पा समुदायको झाँक्रीको भूमिकामा छन् । उनकी श्रीमतीको भूमिकामा सिर्जना निङलेखुले अभिनय गरेकी छन् । सिर्जनाको यो पहिलो फिल्म हो ।

यम शेर्पाको लेखन तथा निर्देशन रहेको फिल्ममा दयाहाङ र सिर्जनको अलवा जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, सुरवीर पण्डित लगायतको पनि अभिनय छ । फिल्मको निर्माता तथा छायाकारमा पुरुषोत्तम प्रधान हुन् । बुधवार साँझ काठमाडौँमा गरिएको प्रिमियरमा फिल्मले उत्साहजनक प्रतिक्रिया प्राप्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्