Trending
बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा     |     शिक्षक महासंघसँग शिक्षामन्त्री पोखरेलले भने- सबै विषयमा खुला छलफल गरौँ     |     बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता     |     भोटेकोशी बाढीमा बगेका नौ शव भारतबाट नेपाल ल्याइयो     |     बिना लिम्बु र सरला सौर्य श्रेष्ठले जिते ‘मिस एन्ड मिसेस युनिभर्सल’को मुख्य उपाधि     |     बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना     |     रसुवा बाढी : ९३९ जनाको मृत्यु, झन्डै चार हजार सम्पर्कविहीन     |     हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छः प्रधानमन्त्री     |     एसिसी प्रिमियर कपः नेपालले आज बहराइनविरुद्ध खेल्दै     |     कामपामा विपद् व्यवस्थापन हेल्प डेस्क सञ्चालन     |    
कला र मनोरन्जन

फ्राइडे रिलिज : ‘कार्साङ’ भर्सेज ‘गेम चेन्जर’

२६ पुष २०८१, शुक्रबार ०९:०७

काठमाडौँ । आज शुक्रवारबाट फिल्म हलमा एक हिन्दी सहित दुई नयाँ फिल्म प्रदर्शनमा आएका छन् । फिल्म हुन् ‘कार्साङ’ र ‘गेम चेन्जर’ । ‘कार्साङ’ नेपाली फिल्म हो, भने ‘गेम चेन्जर’ भारतीय फिल्म हो । दुवै फिल्म देशभर प्रदर्शनमा आएको हो ।

‘कार्साङ’ अभिनेता दयाहाङको ६ महिनापछिको रिलिज हो । याम शेर्पा निर्देशित यस फिल्मले यार्सा नामक सिन्धुपाल्चोकको शेर्पा समुदायको एक झाँक्री लोप्साङको कथा भन्छ । आर्थिक विपन्नतासँग जुधिरहेको उक्त पात्रले कसरी समाज र परिवारका असमानतासँग संघर्ष गर्छ भन्ने कथावस्तु यसमा समावेश छ ।

यी मध्ये शो र हल धेरै नेपाली फिल्म ‘कार्साङ’ ले पाएको छ । यद्यपि देशभका फिल्म हल यी दुई फिल्मले कब्जा जमाउन पाएका छैनन् । किनभने यस अगाडि रिलिज भएका नेपाली ‘पूर्णबहादुरको सारङ्गी’, हिन्दी ‘पुष्पा २’ र अङ्ग्रेजी फिल्म ‘मुफासा’ ले अझै केही स्टेशनमा कब्जा जमाएर बसेको छ ।

अभिनेता दयाहाङ राईको मुख्य भूमिका रहेको फिल्म हो ‘कार्साङ’ । वर्षमा धेरै फिल्म रिलिज हुने अभिनेता दयाहाङको कुनै बेला एउटै मितिमा दुई फिल्मसम्म रिलिज भए । गत मात्र उनका ९ वटा फिल्म रिलिज भए । कति महिनैपिच्छे आए त कति एउटै मितिमा पनि । ‘कार्साङ’ भने ६ महिनामा आएको हो । गत असार २८ गते प्रदर्शन भएको ‘घरज्वाइँ’ पछि उनका कुनै फिल्म आएका थिएनन् ।

शेर्पा समुदायको संस्कृति र परम्परामा आधारित भएर बनेको फिल्मले अभाव र दुःखसँग जुधिरहेको एक परिवारले आफ्नो संस्कार जोगाउन गरेको सङ्घर्षको कथा भन्छ । फिल्ममा दयाहाङ शेर्पा समुदायको झाँक्रीको भूमिकामा छन् । उनकी श्रीमतीको भूमिकामा सिर्जना निङलेखुले अभिनय गरेकी छन् । सिर्जनाको यो पहिलो फिल्म हो ।

यम शेर्पाको लेखन तथा निर्देशन रहेको फिल्ममा दयाहाङ र सिर्जनको अलवा जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, सुरवीर पण्डित लगायतको पनि अभिनय छ । फिल्मको निर्माता तथा छायाकारमा पुरुषोत्तम प्रधान हुन् । बुधवार साँझ काठमाडौँमा गरिएको प्रिमियरमा फिल्मले उत्साहजनक प्रतिक्रिया प्राप्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्