Trending
काठमाण्डुलाई चार विकेटले हराउँदै लुम्बिनी दोस्रो क्वालिफायरमा     |     काठमाण्डुद्वारा लुम्बिनीसामु सामान्य लक्ष्य     |     एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै     |     ‘गोबर गणेश’को पोस्टरमा प्रशन्न मरिचमान र वर्षा     |     एनपिएलमा ३६ अर्धशतक     |     ब्रिटिस र्‍यापर स्यामुएद्वारा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको स्वीकार     |     एनपिएलः सुदूरपश्चिम ‘फाइनल’मा     |     चलचित्र ‘परान’को कमाइ १७ करोड, अरूको कति?     |     सुनको मूल्य घट्यो, चाँदीको बढ्यो     |     ‘जारी २’ र ‘मनबिनाको धन’ले अहिलेसम्म कति कमाए ?     |    
समाचार

बागलुङका स्वास्थ्य संस्थामा डेंगी परीक्षण किट अभाव

४ आश्विन २०८१, शुक्रबार ०२:४२

४ असोज, बागलुङ। धौलागिरी अस्पताल, गलकोट र बुर्तिवाङका प्राथमिक स्वास्थ्य केन्द्रमा डेंगी परीक्षण गर्ने किट अभाव भएको छ ।

धौलागिरी अस्पतालकी सूचना अधिकारी शान्ति शर्माका अनुसार दैनिक ५० देखि एक सयजनासम्म ज्वरोका बिरामी आइरहेको तथा उनीहरूको स्वास्थ्य परीक्षण गर्न किट अभाव भएको छ । केही दिनदेखि किट अभावसँगै रक्त परीक्षणमा पनि समस्या भएको छ ।

स्वास्थ्य कार्यालयकी मलेरिया निरीक्षक कमला थापाले प्रादेशिक अस्पतालले प्रदेश सरकारबाटै माग्न सक्ने भएकोले ग्रामीण क्षेत्रका प्राथमिक स्वास्थ्य केन्द्र र नगर अस्पताललाई मात्र किट प्रदान गरिएको बताइन् ।

बुर्तिवाङ, बडिगाड र गलकोट क्षेत्रमा पनि डेङ्गीका बिरामी बढेका जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले बताइन् । उनले खोज र नष्ट गर अभियान चलाएर सङ्क्रमण रोक्ने प्रयास जारी रहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्