Trending
बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह     |     बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार     |     दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट     |     विश्वकप लिग-२ः क्यानडाविरुद्ध नेपालको जित     |     प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो     |     राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडद्वारा ओजोनयुक्त पानीले धोएका फलफूल तथा तरकारीको महत्त्वबारे स्वास्थ्य तथा जनचेतनामूलक…     |     दुर्गा प्रसाईंले दर्ता गराए नेपाल पथ पार्टी     |     बूढानिलकण्ठबाट २१ किलो सुन बरामद     |     झलनाथ खनालले भने- मेरो घर जलाए तर विचार जलाउन सकेनन्     |     कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहानदेखि     |    
बैंक वित्तीय

कति छ गृहमन्त्री लामिछानेको सम्पति?

८ जेष्ठ २०८१, मंगलवार १५:४७

मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएको छ । जसअनुसार उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाममा भक्तपुरमा १७ आना जग्गा देखाएका छन्

यस्तै, ग्लोबल आइएमई बैंकमा पाँच हजार रुपैयाँ, नेपाल बैंक लिमिटेडमा एक लाख पाँच हजार रुपैयाँ मात्र लामिछानेले चल सम्पत्तिका रुपमा रहेको छ ।

यस्तै, उनकी श्रीमती निकिता पौडेलको नाममा माइतीको पनि रहेको १० रोपनी जग्गा, ८० तोला सुन, २५ केजी चाँदी, गोपीकृष्ण सेन्ट्रल कम्प्लेक्समा २५ प्रतिशत शेयर रहेको उल्लेख गरेका छन् ।

उनले घर किन्न एक करोड ५० लाख ऋण रहेको उल्लेख छ । निकिता र रविको आयबाट ४२ लाखमा किनेको टाटा नेक्सन इभी कार रहेको सम्पत्ति विवरण पेस गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्