Trending
बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह     |     बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार     |     दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट     |     विश्वकप लिग-२ः क्यानडाविरुद्ध नेपालको जित     |     प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो     |     राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडद्वारा ओजोनयुक्त पानीले धोएका फलफूल तथा तरकारीको महत्त्वबारे स्वास्थ्य तथा जनचेतनामूलक…     |     दुर्गा प्रसाईंले दर्ता गराए नेपाल पथ पार्टी     |     बूढानिलकण्ठबाट २१ किलो सुन बरामद     |     झलनाथ खनालले भने- मेरो घर जलाए तर विचार जलाउन सकेनन्     |     कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहानदेखि     |    
बैंक वित्तीय

फोनपेद्वारा ‘सुपर यात्रा’ अभियानको घोषणाः हवाइ टिकटको खरिदमा आकर्षक क्यासब्याक

४ आश्विन २०८१, शुक्रबार ०८:०६

४ असोज, काठमाडौँ। डिजिटल भुक्तानी नेटवर्क फोनपेले ‘सुपर यात्रा’ अभियान घोषणा गरेको छ ।

दशैँ र तिहारलगायतका चाडपर्व नजिकिँदै गर्दा फोनपेले असोज २ गतेदेखि लागू हुनेगरी प्रतीक्षित ‘सुपर यात्रा’ अभियानको घोषणा गरेको हो ।

यस घोषणाअन्तर्गत प्रयोगकर्ताले हवाई टिकटको खरिदमा आकर्षक क्यासब्याक पुरस्कार पाउने भएका छन् । नयाँ प्रयोगकर्ताहरूले पहिलो हवाइ टिकट बुकिङमा ३ सय रुपैयाँ क्यासब्याक प्राप्त गर्नेछन् भने विद्यमान प्रयोगकर्ताले टिकट खरिदमा २ सय रुपैयाँ क्यासब्याकको लाभ लिन सक्ने बताइएको छ ।

यी क्यासब्याक प्रस्तावहरूका अतिरिक्त फोनपेले रोचक गिफ्टहरूको पनि घोषणा गरेको छ । एक भाग्यमानी विजेताले एक वर्षका लागि निःशुल्क हवाइ टिकट प्राप्त गर्नेछन् । हरेक हप्ता पाँच भाग्यमानी सहभागीहरूले स्मार्टवाच जित्ने अवसर पाउनेछन् ।

‘सुपर यात्रा’ अभियानमार्फत आफ्ना ग्राहकहरूलाई सस्तो र सुविधाजनक यात्रा विकल्प प्रदान चाहेको फोनपेका सीएसओ सुभोद शर्माले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्