Trending
चलचित्र ‘शिवांश’मा कैलाश खेरको स्वरमा ‘शिव ताण्डव’ गीत     |     सेन्सर बोर्डले गर्यो ‘आ बाट आमा’ को तारिफ     |     साफ महिला यू- १९ च्याम्पियनसिपको तयारी पूरा     |     रेशम चौधरी उम्मेदवार बन्न नपाउने     |     एलिना र जिकेको स्वरमा ‘इन्दिरा’ सार्वजनिक     |     शीर्ष स्थानको आर्सनल म्यानचेस्टर युनाइटेडसँग पराजित     |     महिला टी-२० विश्वकप छनोट : जित्नैपर्ने दबाबका साथ स्कटल्यान्डको सामना गर्दै नेपाल     |     क्रिस्टल प्यालेसमाथि चेल्सीको शानदार जित     |     रियलको रोमाञ्चक जित     |     किराँत मिथमा आधारित नाटक ‘ए थिबेउ’ शिल्पी थिएटरमा     |    
बैंक वित्तीय

फोनपेद्वारा ‘सुपर यात्रा’ अभियानको घोषणाः हवाइ टिकटको खरिदमा आकर्षक क्यासब्याक

४ आश्विन २०८१, शुक्रबार ०८:०६

४ असोज, काठमाडौँ। डिजिटल भुक्तानी नेटवर्क फोनपेले ‘सुपर यात्रा’ अभियान घोषणा गरेको छ ।

दशैँ र तिहारलगायतका चाडपर्व नजिकिँदै गर्दा फोनपेले असोज २ गतेदेखि लागू हुनेगरी प्रतीक्षित ‘सुपर यात्रा’ अभियानको घोषणा गरेको हो ।

यस घोषणाअन्तर्गत प्रयोगकर्ताले हवाई टिकटको खरिदमा आकर्षक क्यासब्याक पुरस्कार पाउने भएका छन् । नयाँ प्रयोगकर्ताहरूले पहिलो हवाइ टिकट बुकिङमा ३ सय रुपैयाँ क्यासब्याक प्राप्त गर्नेछन् भने विद्यमान प्रयोगकर्ताले टिकट खरिदमा २ सय रुपैयाँ क्यासब्याकको लाभ लिन सक्ने बताइएको छ ।

यी क्यासब्याक प्रस्तावहरूका अतिरिक्त फोनपेले रोचक गिफ्टहरूको पनि घोषणा गरेको छ । एक भाग्यमानी विजेताले एक वर्षका लागि निःशुल्क हवाइ टिकट प्राप्त गर्नेछन् । हरेक हप्ता पाँच भाग्यमानी सहभागीहरूले स्मार्टवाच जित्ने अवसर पाउनेछन् ।

‘सुपर यात्रा’ अभियानमार्फत आफ्ना ग्राहकहरूलाई सस्तो र सुविधाजनक यात्रा विकल्प प्रदान चाहेको फोनपेका सीएसओ सुभोद शर्माले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्