Trending
‘होस्टेल ३’को अहिलेसम्मको कमाई कति ?     |     सुनको मूल्य हालसम्मकै उच्च,तोलामा कति पुग्यो?     |     नेकका शिक्षक कर्मचारीको क्षमता अभिबृद्धि गर्न दुई दिने प्रशिक्षण     |     उच्छृङ्खल गतिविधि गरेको आरोपमा ५५ जना नियन्त्रणमा     |     महिला टी–२० सिरिजः युगान्डाविरुद्ध टस हारेर बलिङ गर्दै नेपाल     |     होली पर्व शुभकामना: मुख्यमन्त्री कार्की     |     प्रधानमन्त्री कप पुरुष क्रिकेटः एपीएफ क्लब दुई विकेटले विजयी     |     पूजाको रमाइलो हेर्न गएका किशोरको हत्या, पाँच जना पक्राउ     |     चीनद्वारा अमेरिकी व्यापार तनाव समाधानका लागि ‘वार्ता’ आह्वान     |     ‘कर्मा’: मुकुन भुसालको क्यारेक्टर लुक्स सार्वजनिक     |    
शिक्षा

शिक्षाको विकासमा तीनै तहका सरकारबिच समन्वय आवश्यक छ : मन्त्री भट्टराई

१२ माघ २०८१, शनिबार ०६:४१

१२ माघ,काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा क्षेत्रको विकासका लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताएकी छन् ।

प्रेस चौतारीले आज सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संविधानले शिक्षा क्षेत्रको विकासका लागि तीनैवटै तहको सरकारले भूमिका खेल्नुपर्ने कुरालाई स्पस्ट व्याख्या गरेको उल्लेख गरे ।

सरकारले विसं २०८३ सम्म अनिवार्य निःशुल्क शिक्षाको अभ्यास गर्ने गरी कार्ययोजना बनाएर अघि बढेको उनले बताए । “सबैले साथ दिने हो भने हामी त्यसलाई सम्पन्न गर्न सक्छौँ”, मन्त्री भट्टराईले भने, “अनिवार्य शिक्षा ऐनले स्पष्ट गरेको व्यवस्थालाई स्थानीय सरकारले पनि पूर्ण रुपमा पालना गरी कार्यान्वयन गरेर अघि बढ्नुपर्छ ।”

गुणस्तरीय शिक्षाले मात्र समृद्धि राष्ट्र निर्माण गर्न सकिने भन्दै शिक्षालाई अब उद्यमशीलतासँग जोडेर लैजाउनुपर्ने मन्त्री भट्टराईले बताए । शिक्षासँग जोडिएका नीति निर्माणमा शिक्षाकर्मीको भूमिका पनि उत्तिकै रहेको उल्लेख गर्दै उनले सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्नेमा जोड दिए ।

“हामीले प्राविधिक शिक्षा त भन्यौँ तर प्राविधिक शिक्षा कस्तो हुनुपर्छ, प्राविधिक शिक्षालाई प्रविधिमैत्री बनाउँदै उद्यमशीलतातर्फ जोड्न छलफल र बहस कम भएकै हो”, मन्त्री भट्टराईले भने, “खाली बजेट कति भन्नेमा मात्र केन्द्रित हुँदा पनि समस्या भयो ।” उनले विद्यालय शिक्षा ऐन संसद्को शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा अहिले छलफलमा रहेको र थुप्रै विषय संशोधनको तयारी भइरहेको बताए ।

“शिक्षा विधेयक अहिले समितिमा लगभग संशोधन प्रस्तावकर्तासँगको छलफल सकेर तीन दिनसम्म दफावार छलफल गरी उहाँहरु प्रदेशमा जानुभएको छ”, मन्त्री भट्टराईले भने, “प्रदेशहरुमा पनि छलफल सकिएपछि समितिले थप दफावार छलफल गर्नेछ, यसबाट के

बुझ्न सकिन्छ भने अब प्रक्रिया अगाडि बढ्यो अब कानुन बन्ने एउटा अवस्थामा पुगेका छौँ ।” उनले शिक्षा विधेयकको छलफल आफूले मन्त्रालयको जिम्मेवारी सुरु गरेपछि मात्र सुरु गरेको दाबी गरे ।रासस

प्रतिक्रिया दिनुहोस्