Trending
चलचित्र ‘शिवांश’मा कैलाश खेरको स्वरमा ‘शिव ताण्डव’ गीत     |     सेन्सर बोर्डले गर्यो ‘आ बाट आमा’ को तारिफ     |     साफ महिला यू- १९ च्याम्पियनसिपको तयारी पूरा     |     रेशम चौधरी उम्मेदवार बन्न नपाउने     |     एलिना र जिकेको स्वरमा ‘इन्दिरा’ सार्वजनिक     |     शीर्ष स्थानको आर्सनल म्यानचेस्टर युनाइटेडसँग पराजित     |     महिला टी-२० विश्वकप छनोट : जित्नैपर्ने दबाबका साथ स्कटल्यान्डको सामना गर्दै नेपाल     |     क्रिस्टल प्यालेसमाथि चेल्सीको शानदार जित     |     रियलको रोमाञ्चक जित     |     किराँत मिथमा आधारित नाटक ‘ए थिबेउ’ शिल्पी थिएटरमा     |    
बैंक वित्तीय

ग्लोबल आइएमई बैंकका ग्राहकलाई बिग मार्टमा १० प्रतिशत छुट

४ आश्विन २०८१, शुक्रबार १४:५०

४ असोज, काठमाडौँ।ग्लोबल आइएमई बैंकका ग्राहकले हरेक शनिबार बिग मार्टबाट सामान खरिद गर्दा १० %  छुट पाउने भएका छन्।

बैंकले डेबिट तथा क्रेडिट कार्डबाहकहरूलाई प्रत्येक शनिबार बिग मार्टमा आफुलाई आवश्यक सर-समान खरिदपश्चात्को भुक्तानीमा १० प्रतिशत छुट प्रदान गर्ने भएको छ । बैंकको डेबिट तथा क्रेडिट कार्ड बाहकहरूलाई लावान्भित गर्ने गरी बैंकले बिगमार्टसँंग सहकार्य गरी बिगमार्टका सम्पूर्ण स्टोरहरुमा १० प्रतिशत वा अधिकतम २०० सम्म छुट योजना ल्याएको छ । उक्त छुट योजना हरेक शनिबारका दिनमात्र लागू हुनेछ ।

बैंकले देशभरबाट ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २५५ शाखा रहित बैंकिंग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,००० भन्दा बढि सेवा केन्द्रबाट बैकिंग सेवा दिँदै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस्