Trending
अन्तिम अभ्यास खेलमा नेपालको जित     |     हुम्लामा हिमपात, जनजीवन प्रभावित     |     पूर्वी युक्रेनमा भएको रूसी ड्रोन आक्रमणमा चार जनाको मृत्यु     |     एपीएफ, आर्मी र न्यु डायमन्डको विजयी सुरुआत     |     डा. बाबुराम भट्टराईले लिए उम्मेदवारी फिर्ता     |     सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे     |     रेशम चौधरीको उम्मेदवारी खारेज     |     गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक     |     बीपीएल : सन्दीप लामिछानेको टिम फाइनलमा     |     एन्फा राष्ट्रिय पुरुष लिग : एपीएफको चर्च ब्वाइजमाथि सहज जित     |    
शिक्षा

बालबालिकालाई राम्रो शिक्षा दिनसके मात्र योग्य नागरिक बनाउन सकिने : पूर्वराष्ट्रपति भण्डारी

२१ माघ २०८१, सोमबार ०८:४८

२१ माघ, काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बालबालिकालाई राम्रो शिक्षा दिनसके मात्र योग्य नागरिक बनाउन सकिने बताएकी छन् ।

श्रीपञ्चमी अर्थात् वसन्त पञ्चमीको अवसरमा शुभकामना दिँदै पूर्वराष्ट्रपति भण्डारीले देश र समाजका कर्णाधार बालबालिकाको उज्ज्वल भविष्यका लागि आवश्यक वातावरणसहित ज्ञान र सीपले परिपूर्ण बनाउनुपर्ने धारणा व्यक्त गरेकी छन्।

“साना बालबालिकाको अक्षर आरम्भ गर्ने दिन पनि भएकाले उनीहरुले प्राप्त गर्ने ज्ञानले परिवार र समाजको चित्रण गर्दछ। बालबालिकालाई सही मार्गदर्शन गर्नु सबै अभिभावकको कर्तव्य हो”, भन्दै सामाजिक सञ्जाल एक्समार्फत उनले विद्याकी देवी सरस्वती माताको पूजा गर्ने दिन र ऋतुहरुमध्ये उत्तम मानिने वसन्त ऋतुको सुरुआत हुने दिनमा सबैलाई शुभकामना दिएकी छन्।

प्रतिक्रिया दिनुहोस्