Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
शिक्षा

बालबालिकालाई राम्रो शिक्षा दिनसके मात्र योग्य नागरिक बनाउन सकिने : पूर्वराष्ट्रपति भण्डारी

२१ माघ २०८१, सोमबार ०८:४८

२१ माघ, काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बालबालिकालाई राम्रो शिक्षा दिनसके मात्र योग्य नागरिक बनाउन सकिने बताएकी छन् ।

श्रीपञ्चमी अर्थात् वसन्त पञ्चमीको अवसरमा शुभकामना दिँदै पूर्वराष्ट्रपति भण्डारीले देश र समाजका कर्णाधार बालबालिकाको उज्ज्वल भविष्यका लागि आवश्यक वातावरणसहित ज्ञान र सीपले परिपूर्ण बनाउनुपर्ने धारणा व्यक्त गरेकी छन्।

“साना बालबालिकाको अक्षर आरम्भ गर्ने दिन पनि भएकाले उनीहरुले प्राप्त गर्ने ज्ञानले परिवार र समाजको चित्रण गर्दछ। बालबालिकालाई सही मार्गदर्शन गर्नु सबै अभिभावकको कर्तव्य हो”, भन्दै सामाजिक सञ्जाल एक्समार्फत उनले विद्याकी देवी सरस्वती माताको पूजा गर्ने दिन र ऋतुहरुमध्ये उत्तम मानिने वसन्त ऋतुको सुरुआत हुने दिनमा सबैलाई शुभकामना दिएकी छन्।

प्रतिक्रिया दिनुहोस्