Trending
एसईई २०८१ को नतिजा अब सिधै मोबाइलमा उपलब्ध     |     विदेशमा रहेका नेपालीको लागि दुईवटा मोबाईल एप सञ्चालनमा     |     डेभलपर्सका लागि गुगलको नयाँ टूल ‘जेमिनाई सीएलआई’ सार्वजनिक     |     एसईईको नतिजा आजै आउने     |     नेपाल प्रिक्वाटरफाइनलमा     |     नाटक ‘आयोजना नम्बर १६०’ कदममा मञ्चन     |     २५ दिनमा सकियो ‘द ब्ल्यू लाइट’     |     निर्वाचन आयोगको आग्रह : मतदाता नामावलीमा नाम छुटेकाले तत्काल दर्ता गर्नुस्     |     रानीमहललाई पुरानै अवस्थामा संरक्षण गरिने     |     पाल्पामा २१ वर्षअघि हत्या गरेका अभियुक्त पक्राउ     |    
शिक्षा

नन्दऋषि आचार्यको सहजीकरणमा सालडाँडा आधारभूत विद्यालयका बिद्यार्थीलाई पोशाक वितरण

२३ माघ २०८१, बुधबार १०:०५

२३ माघ, कालिकोट। खाँडाचक्र नगरपालिकाको वडा नं. ४ मा रहेको सालडाँडा आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरू पोसाक, शैक्षिक सामग्री तथा खेलकुद सामग्री वितरण गरिएको छ।

सोमबार सरस्वतीको पूजाको अवसरमा शैक्षिक सामग्री तथा खेलकुद सामग्री पारु मल्ल र सहयोग गर्ने सहयोगी मनका हातहरु नामक समूह विशेष पहलमा तथा विद्यालयका विद्यार्थीहरूको अवस्था अध्ययन गरेर समाजसेवी तथा सामाजिक अभियन्ता नन्दऋषि आचार्यले प्रधानाध्यापक रामाकान्त आचार्यलाई हस्तान्तरण गरेका थिए।

समाजसेवी आचार्यले भने “सबै भन्दा पहिला पारु मल्ल र  सहयोग गर्ने सहयोगी मनका हातहरु नामक समूहलाई हार्दिक धन्यबाद दिदै कपडा अभावमा पढाइमा वञ्चित हुन नपरोस् भन्ने अभिप्रायले पोसाक वितरण गरिएको बताए।

साथै, समाजसेवी आचार्यले भने विद्यालयमा जात, जाति, धनी वा गरिब कोही नभई अध्ययनको लागि आउने सम्पूर्ण विद्यार्थी भएकोले सो को अनुभूति पोसाकले नै गर्ने कारण यो वितरण गरिएको हो । उनले विद्यालयमा अध्ययनरत एक सय २० विद्यार्थीहरूलाई विद्यालय पोसाक वितरण गरिएको जानकारी बताए ।

कार्यक्रममा वडाध्यक्ष प्रभानन्द आचार्यले विद्यालयमा विपन्न समुदायका बालबालिकाहरु अध्ययन गर्दै आएको बताए । उनले विद्यालय पोशाक अनिवार्य भए पनि विद्यालयले उपलब्ध गराउन नसकेको अवस्थामा पोशाक पाउँदा निकै खुसी लागेको बताए । यसको लागि सहयोग गर्ने सहयोगी मनका हातहरु नामक समूहको प्रति निधि पारु मल्ल लगायत टिमलाई समेत धन्यबाद दिएका थिए ।

वडाध्यक्ष आचार्यले भने ” आफुले शिक्षाको गुणस्तरीयताको लागि वडास्तरबाट काम भइरहेको बताए । पोशाक प्रदान गर्दा आफुलाई खुशी लागेको प्रतिक्रिया दिदै गरिब तथा बिपन्न बिद्यार्थीहरुलाई आगामी दिनमा पनि आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए छन्।

पोशाक वितरण कार्यक्रममा वडा अध्यक्ष प्रभानन्द आचार्य, राजापुर नगरपालिका वडा ६ का पुर्व -वडाअध्यक्ष चिन्तामणि आचार्य, प्रधानाध्यापक आचार्य, सजासेवी नन्दऋषि आचार्य र विद्यालय व्यवस्था समितिका अध्यक्ष गोरख वहादुर शाही  र लगाएतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्