Trending
साम्बाको २ गोलमा नेपालद्वारा भारत पराजित     |     उत्तर कोरियाली विदेशमन्त्रीसँग मस्कोमा, पुटिनसँग भेटवार्ता गर्ने     |     सल्यानमा प्रतिबन्धित औषधि ‘प्रिगा’ बिक्री गर्ने एक व्यक्ति पक्राउ     |     दैलेखका युवकको जाजरकोटमा हत्या, घटनामा संलग्न ६ जना पक्राउ     |     रुचाइयो ‘वरिष्ठ बलराम’मा दयाहाङको फरक अवतार     |     डीआरजे सुदूरपश्चिम रोयल्सको एपरेल पार्टनर     |     नेपाल अमेरिकासँग १०६ रनले पराजित     |     अफगानिस्तानसँग नेपाल पराजित     |     मन्त्रालय अन्तर्गतका सबै निकायको बैठक प्रत्यक्ष प्रसारण गर्ने खेलकुद मन्त्रीको पहिलो निर्णय     |     टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो     |    
बैंक वित्तीय

रविले आफ्ना ससूराको कम्पनीलाई पनि दिएका थिए सहकारीको ८१ लाख २५ हजार

५ आश्विन २०८१, शनिबार ०८:२८

५ असोज,काठमाडौं। रास्वपाका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने गोरखा मिडियामा प्रबन्ध निर्देशक रहेका बेला उनका ससूरा उद्धव पौडेलको कम्पनी गोपिकृष्ण मुभिज प्रालिमा पेस्कीको रुपमा ८१ लाख २५ हजार रुपैयाँ रकम प्रवाह भएको खुलासा भएको छ ।

सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिले गोर्खा मिडियाको सेयर खरिद–बिक्रीमा रवि लामिछानेले राजस्वसमेत छली गरेको र उद्धव पौडेल सञ्चालक रहेको गोपीकृष्ण मुभिजको नाममा समेत पेस्की रकम दिई अपचलन गरेको पाइएको छ।

समितिले सार्वजनिक गरेको प्रतिवेदनमा कम्पनीमा सेयर खरिद–बिक्री गर्दा भुक्तानीका माध्यमको परीक्षण नगरी किर्ते रूपमा तयार गरिएको उल्लेख गर्दै आयकर दाखिला नगरेको उल्लेख छ। ‘देखावटी कागजलाई समेत कम्पनी रजिस्ट्रारको कार्यालयले मान्यता दिने अभ्यास रहेको समितिसमक्ष सोधपुछका क्रममा गोरखा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक छविलाल जोशीको भनाइसमेतबाट देखिन्छ। त्यसले एकातर्फ कम्पनी प्रशासनमा वित्तीय सुशासनविपरीतका क्रियाकलापलाई प्रोत्साहन हुने र आयकरबापत सरकारले प्राप्त गर्ने राजस्वमा समेत छली भएको देखिन आयो,’ प्रतिवेदनमा भनिएको छ।

त्यसैगरी गोरखा मिडियाबाट गोपीकृष्ण मुभिज प्रालिमा ८१ लाख २५ हजार रुपैयाँ पेस्की गएको सो प्रतिवेदनमा उल्लेख छ। सार्वजनिक गरिएको प्रतिवेदमा उल्लेख भएअनुसार सहकारी संस्थाहरूबाट गोरखा मिडिया नेटवर्क प्रालिलगायत कम्पनीहरूमा रकम प्रवाह भएको देखिएको छ।

प्रतिक्रिया दिनुहोस्