Trending
बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह     |     बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार     |     दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट     |     विश्वकप लिग-२ः क्यानडाविरुद्ध नेपालको जित     |     प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो     |     राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडद्वारा ओजोनयुक्त पानीले धोएका फलफूल तथा तरकारीको महत्त्वबारे स्वास्थ्य तथा जनचेतनामूलक…     |     दुर्गा प्रसाईंले दर्ता गराए नेपाल पथ पार्टी     |     बूढानिलकण्ठबाट २१ किलो सुन बरामद     |     झलनाथ खनालले भने- मेरो घर जलाए तर विचार जलाउन सकेनन्     |     कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहानदेखि     |    
बैंक वित्तीय

रविले आफ्ना ससूराको कम्पनीलाई पनि दिएका थिए सहकारीको ८१ लाख २५ हजार

५ आश्विन २०८१, शनिबार ०८:२८

५ असोज,काठमाडौं। रास्वपाका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने गोरखा मिडियामा प्रबन्ध निर्देशक रहेका बेला उनका ससूरा उद्धव पौडेलको कम्पनी गोपिकृष्ण मुभिज प्रालिमा पेस्कीको रुपमा ८१ लाख २५ हजार रुपैयाँ रकम प्रवाह भएको खुलासा भएको छ ।

सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिले गोर्खा मिडियाको सेयर खरिद–बिक्रीमा रवि लामिछानेले राजस्वसमेत छली गरेको र उद्धव पौडेल सञ्चालक रहेको गोपीकृष्ण मुभिजको नाममा समेत पेस्की रकम दिई अपचलन गरेको पाइएको छ।

समितिले सार्वजनिक गरेको प्रतिवेदनमा कम्पनीमा सेयर खरिद–बिक्री गर्दा भुक्तानीका माध्यमको परीक्षण नगरी किर्ते रूपमा तयार गरिएको उल्लेख गर्दै आयकर दाखिला नगरेको उल्लेख छ। ‘देखावटी कागजलाई समेत कम्पनी रजिस्ट्रारको कार्यालयले मान्यता दिने अभ्यास रहेको समितिसमक्ष सोधपुछका क्रममा गोरखा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक छविलाल जोशीको भनाइसमेतबाट देखिन्छ। त्यसले एकातर्फ कम्पनी प्रशासनमा वित्तीय सुशासनविपरीतका क्रियाकलापलाई प्रोत्साहन हुने र आयकरबापत सरकारले प्राप्त गर्ने राजस्वमा समेत छली भएको देखिन आयो,’ प्रतिवेदनमा भनिएको छ।

त्यसैगरी गोरखा मिडियाबाट गोपीकृष्ण मुभिज प्रालिमा ८१ लाख २५ हजार रुपैयाँ पेस्की गएको सो प्रतिवेदनमा उल्लेख छ। सार्वजनिक गरिएको प्रतिवेदमा उल्लेख भएअनुसार सहकारी संस्थाहरूबाट गोरखा मिडिया नेटवर्क प्रालिलगायत कम्पनीहरूमा रकम प्रवाह भएको देखिएको छ।

प्रतिक्रिया दिनुहोस्