Trending
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो     |     आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी     |     विदेशी मुद्राको सञ्चिति ४० खर्ब नाघ्यो     |     भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो     |     राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन     |     किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा     |     बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह     |     बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार     |     दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट     |     विश्वकप लिग-२ः क्यानडाविरुद्ध नेपालको जित     |    
Uncategorized

डिभी खारेज गर्ने ट्रम्प प्रशासनको तयारी

२ फाल्गुन २०८१, शुक्रबार ०५:१०

२ फागुन, काठमाडौँ। अमेरिकाको संसदमा ‘डाइभर्सिटी इमिग्रेन्ट भिसा प्रोग्राम’ अर्थात् (डिभी) अन्त्य गर्नेसम्बन्धी विधेयक पेश भएको छ । रिपब्लिकन प्रतिनिधि माइक कोलिन्सले अमेरिकाको सुरक्षा र निष्पक्षता सुधार्ने विधेयक २०२५ संसदमा प्रस्तुत  गरेका छन्।

र्जियाबाट प्रतिनिधित्व गर्ने रिपब्लिकन पार्टीका सांसद माइक कोलिन्सले डिभी लोटरी खारेज गर्ने विधेयक अमेरिकाको तल्लो सदनमा पेश गरेका हुन्। यसको अन्य सांसदले पनि समर्थन गरेको फक्स न्यूज जनाएको छ।

सांसदहरूले ‘अनुहारविहीन कम्प्युटर कोड’ लाई लट्री प्रणाली मार्फत् आप्रवासीहरूलाई अनियमित रूपमा भिसा वितरण गर्न अनुमति दिएर राष्ट्रिय सुरक्षालाई कमजोर पार्ने काम भइरहेको उल्लेख गरेका छन्। योग्यतामा आधारित प्रक्रियाबाट आप्रवासी छनोट गर्नुपर्नेमामा सांसदहरूको जोड छ।

सांसदहरूले कम्प्युटर कोडका आधारमा भिसा वितरण गर्दा राष्ट्रिय सुरक्षालाई कमजोर पारिरहेको तर्क गरेका छन । अमेरिकी विदेश विभागले सञ्चालन गरिरहेको डिभी प्रोग्रामले वार्षिक झन्डै ५५ हजार जना आप्रवासीलाई ‘ग्रीन कार्ड’ दिने गरेको छ ।

आप्रवासी छनोट गर्दा योग्यतामा आधारित हुनुपर्नेमा कोडको आधारमा हुँदा राष्ट्रिय सुरक्षा चिन्ता बढाउने संसादहरूको भनाइ छ । भिसा लट्री समाप्त गर्ने विधेयकले अमेरिकाको बिग्रिएको अध्यागमन प्रणालीलाई सुधार गर्ने संसदमा पेश भएको विधेयकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्