Trending
बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह     |     बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार     |     दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट     |     विश्वकप लिग-२ः क्यानडाविरुद्ध नेपालको जित     |     प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो     |     राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडद्वारा ओजोनयुक्त पानीले धोएका फलफूल तथा तरकारीको महत्त्वबारे स्वास्थ्य तथा जनचेतनामूलक…     |     दुर्गा प्रसाईंले दर्ता गराए नेपाल पथ पार्टी     |     बूढानिलकण्ठबाट २१ किलो सुन बरामद     |     झलनाथ खनालले भने- मेरो घर जलाए तर विचार जलाउन सकेनन्     |     कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहानदेखि     |    
बैंक वित्तीय

एनएमबि खेति कर्जाको लागि बागमती गाउँपालिकासंग सम्झौता

६ आश्विन २०८१, आईतवार १२:३८

६ असोज, काठमाडौं। एनएमबि बैंक लिमिटेड, डि.भी एक्सेलस प्रा. लि.(खेति एप) र बागमती गाउँपालिका मकवानपूर बीच गाँउपालिकाका किसान तथा कृषि ब्यवसायमा संलग्न ब्यक्तिहरुलाई एनएमबि डिजिटल कर्जा (खेती कर्जा) प्रवाह गर्ने सम्बन्धमा त्रिपक्षीय सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकका तर्फबाट लघुवित्त तथा एमएसएमई प्रमुख डा. बुद्धि मल्ल, डि.भी एक्सेलस प्रा.लि.को तर्फबाट सह–संस्थापक न्यूराज कार्की र गाँउपालिकाका अध्यक्ष सर्केश घलानले हस्ताक्षर गरेका हुन्।

एनएमबि बैंक र डि.भी एक्सेलस प्रा.लिबीच खेती एपमार्फत किसानलाई डिजिटल कर्जा प्रदान गर्नको लागि सम्झौता भए बमोजिम एनएमबि खेती कर्जा प्रदान गर्दै आइरहेकोमा बागमती गाउँपालिकाले कृषि व्यवसायमा संलग्न ब्यक्तिलाई यस डिजिटल कर्जामार्फत कर्जा लगानी सहज बनाउनका लागि तीनै वटा संस्थाले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने, किसानहरूलाई कर्जाको लागि सहजीकरण गर्ने, ऋणीलाई अन्य विभिन्न खालका परामर्श सेवाहरू प्रदान गर्ने तथा कर्जा असुलीमा पनि सहयोग गर्ने विषयहरूमा सहमति भएको छ ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष सर्केश घलानले गाउँपालिकाका किसानहरूलाई कृषि व्यवसायमा उत्प्रेरित गर्न विभिन्न कार्यक्रमहरू गरिरहेको र आफूले भरसक अझै बढी सहयोग गरेर कृषि व्यवसायलाई आधुनिकीकरण गर्ने र कृषि व्यवसायद्वारा गाउँपालिकाका ऋणीलाई वित्तीय अनुशासनमा रहेर व्यवसाय गर्न लगाई एउटा उदाहरणीय गाउँपालिका बनाउने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष र केही वडाका अध्यक्षहरू, कृषि अधिकृत लगायत अन्य अधिकृतहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्