Trending
बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह     |     बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार     |     दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट     |     विश्वकप लिग-२ः क्यानडाविरुद्ध नेपालको जित     |     प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो     |     राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडद्वारा ओजोनयुक्त पानीले धोएका फलफूल तथा तरकारीको महत्त्वबारे स्वास्थ्य तथा जनचेतनामूलक…     |     दुर्गा प्रसाईंले दर्ता गराए नेपाल पथ पार्टी     |     बूढानिलकण्ठबाट २१ किलो सुन बरामद     |     झलनाथ खनालले भने- मेरो घर जलाए तर विचार जलाउन सकेनन्     |     कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहानदेखि     |    
बैंक वित्तीय

गर्मीले अण्डा उत्पादन घट्दा लागत बढ्यो

१० जेष्ठ २०८१, बिहीबार ०७:०८

अण्डाको मूल्य बढेपछि उत्साहित कुखुरापालक किसान गर्मीका कारण उत्पादन घटेपछि निरास भएका छन् । उत्पादनमा कमी आएसँगै अण्डाको लागत बढेको छ ।

नेपाल भेटेनरी एसोसिएसन वागमती प्रदेशका अध्यक्ष डा दीपक तिवारी यो समयमा कुखुराले दानापानी कम खाने र कमजोर हुने हुँदा रोगको जोखिम हुने बताउनुहुन्छ । गर्मीमा २० देखि २५ प्रतिशत उत्पादनमा ह्रास आउने गर्दछ । गर्मीसँगै एच नाइन रोगका कारण पनि उत्पादनमा गिरावट आएको छ । दिउँसो कुखुरालाई दाना नखुवाउन सुझाव दिँदै उहाँले उत्पादन घटेकाले किसानको लागत मूल्य बढेको जानकारी दिनुभयो ।

पोल्ट्री क्षेत्रमा लामो अनुभव सँगाल्नुभएका विज्ञ डा तिलचन्द्र भट्टराई उत्पादन घटेसँगै लागत मूल्य बढ्दा किसान र व्यवसायी प्रभावित भएको बताउनुहुन्छ । हाल एउटा अण्डा तयार गर्न रु १६ हाराहारी खर्च हुने गरेको छ । यसअघि अण्डाको लागत मूल्य रु १४.५ थियो । नेपाल लेयर्स कुखुरा पालक सङ्घका अध्यक्ष विनोद पोखरेल चर्काे गर्मी र रोगका कारण अण्डा उत्पादनमा कमी आएको बताउनुहुन्छ ।

दैनिक ५० देखि ६० लाख अण्डा उत्पादन हुँदै आएकोमा आधा घटेको उहाँ बताउनुहुन्छ । पोल्ट्री व्यवसायी मञ्च चितवनका अध्यक्ष रघुनाथ भट्ट किसानले लागत मूल्य पाउन नसकेका भन्दै अन्य वस्तुको तुलनामा अण्डाको मूल्य कम रहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “धेरै किसान विस्थापित भए, अब पनि लागत मूल्य नपाए व्यवसाय ध्वस्त हुन्छ ।”

प्रतिक्रिया दिनुहोस्